एर्नेस्टो भाल्भेर्ड बने बार्सिलोनाको नयाँ प्रशिक्षक
Advertisement
You May Like


काठमाण्डौँ। स्पेनिस महारथी क्लब बार्सिलोनाको नयाँ प्रशिक्षकमा एर्नेस्टो भाल्भेर्ड नियुक्त भएका छन् । तीन बर्षे कार्यकाल पूरा गरेका लुइस इनरिकलाई विस्थापित गर्दै बार्सिलोनाले भाल्भेर्डलाई सोमबार नियुक्त गरेको हो ।

बार्सिलोनाका पूर्व फरवार्ड रहेका भाल्भेर्डले अबको दुई बर्ष बार्सिलोनाको टिम सम्हाल्नेछन् । एथ्लेटिको बिल्बाओबाट चार बर्षे कार्यकाल पूरा गर्दै गत साता मात्रै उनले क्लब छोडेको घोषणा गरेका थिए ।

विगत तीन बर्षदेखि प्रशिक्षक सम्हालेका लुइस एनरिकले बार्सिलोनालाई यो सिजन लालिगाको दोस्रो स्थानमा पुर्याए भने कोपा डेल रेको उपाधि दिलाए ।

सन् २०१५ मा बार्सिलोनाको टिम सम्हालेका इनरिकले आफ्नो पहिलो बर्षमै बार्सिलोनालाई च्याम्पियन्स लिग, ला लिगा तथा कोपा डेल रेको उपाधि दिलाएका थिए ।

बर्ष २०१६ मा बार्सिलोनालाइ लालिगा र कोपा डेल रेको उपाधि दिलाएका इनरिकले यो सिजन भने क्लबलाई कोपा डेल रे बाहेक अन्य उपाधि दिलाउन सकेनन् ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.