३ सय ३४ मध्ये १ सय ७३ स्थानीय तहको मतपरिणाम सार्वजनिक (अपडेट)
Advertisement
You May Like


असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १ , ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ मध्ये १ सय ७३ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । पछिल्लो नतिजा अनुसार एमाले अग्र स्थानमा छ ।
एमालेले प्रदेश नम्बर १ का ३६, ५ का १९ र ७ का २७ गरी ८२ वटा स्थानीय तहमा जीत दर्ता गरेको छ । त्यस्तै दोश्रो स्थानमा रहेको कंग्रेसले प्रदेश नम्बर १ का १८, ५ का १५ र ७ का ३१ गरी जम्मा ६४ वटा स्थानीय तहमा जीत हासिल गरेको छ ।
त्यस्तै माओवादी केन्द्रले प्रदेश नम्बर १ का ७, ५ का ११ र ७ का ५ वटा गरी २३ वटा स्थानीय तहमा जीत दर्ता गरेको छ । मतगणना भइरहेका प्रदेश नम्बर १ का ३५, ५ का २२ र ७ का ७ वटा स्थानीय तहमा एमालेले अग्रता लिएको छ ।
त्यस्तै कंग्रेसले प्रदेश नम्बर १ का ३४, ५ का १९ र ७ का ९ वटा स्थानीय तहमा अग्रता बनाएको छ । माओवादी केन्द्रले भने प्रदेश नम्बर १ का २, ५ का ८ र ७ का ६ वटा गरी १६ वटा स्थानीय तहमा अग्रता लिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले खाता खोल्न सकेको छैन, उसले प्रदेश नम्बर १ को २ र ५ का २ गरी ४ वटा स्थानीय तहमा अग्रता बनाएको छ । राष्ट्रिय जनमोर्चाले प्रदेश नम्बर ५ का दुई र संघीय समाजवादी फोरमले प्रदेश नम्बर ५ को एउटा र नेपाल लोकतान्त्रिक फोरमले ५ नम्बर प्रदेशको एउटा स्थानीय तहमा जीत हासिल गरेको छ । 

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.