मध्यरातको निर्णयले जेठ ३१ के निर्वाचन स्थगित, अब असार ७ गते दोस्रो चुनाव....
Advertisement
You May Like



काठमाडौँ । आइतबार रातिसम्म बसेको प्रमुख तीन दल र राष्ट्रिय जनता पार्टीबीच सम्पन्न बैठकले दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनको मिति सात दिन सार्ने निर्णय गरेको छ।

आगामी जेठ ३१ गते हुने भनिएको निर्वाचन असार ७ गते हुने गरि सारिने निर्णय भएको माओवादीका नेता नाराणकाजी श्रेष्ठले बताएका छन्। श्रेष्ठले भने राजपालाई पनि चुनावमा सहभागी गराउन ढिलोमा असार सात गतेसम्म चुनाव सार्ने निर्णय भयो। 

जेठ ३१ गते हुने भनिएको चुनावको मिति सारिनेबारे भोलि नै निर्वाचन आयोगलाई जानकारी गराइने र सरकारले भोलि नै निर्वाचन ऐन संसोधन विधेयक पनि संसदमा दर्ता गराउने भएको छ।  अहिलेको निर्वाचन ऐनमा पार्टीहरुले उमेद्वारी दर्ता गर्नुपर्ने मितिभन्दा १५ दिन अगाडी आयोगमा पार्टीको उमेद्वार प्रमाणीकरण गर्ने हस्ताक्षर पठाइसक्नु पर्ने व्यवस्था छ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.