महिलाको हत्यापछि गरगहना लुटपाट
Advertisement
You May Like


खोटाङ : अज्ञात व्यक्तिले खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ महादेबस्थान हलेसीकी ५७ वर्षीय ज्ञानीमाया बिश्वकर्माको हत्या गरेको छ । घाँस र स्याउला काट्नका लागि जंगल पुगेर फर्कँदै गरेकी विकको खुकुरी प्रहारबाट हत्या गरिएको हो । सोमबार साँझ भएको खुकुरी प्रहारबाट बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताउनुभयो ।
बिकको हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । घटनास्थल प्रकृति मुचुल्का, शब जाँच मुचुल्का लगायत प्रारम्भीक अनुसन्धानपछि शव पोष्टमार्टम गर्न जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
हत्यापछि बिकको रिङ, फुली र सौभाग्य लुटेको पाइएको छ । विकको हलेसी-दिक्तेल सडकको घुम्तीबाट इलाका स्वास्थ्यचौकी हलेसी जाने बाटोमा पर्ने पात्ले टोलमा हत्या भएको हो ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.