टेण्डर दर्ता गर्न खोज्दा खुकुरी हानाहान , म्यादी प्रहरीको भागाभाग...
Advertisement
You May Like

म्यादीको भागाभाग
घटनास्थल खुला मैदान नजिकै म्यादी प्रहरी भए पनि युवाबीचको हिंसात्मक झडपपछि म्यादी प्रहरी भागेका थिए। चुनावी सुरक्षा व्यवस्थापनका लागि खटाइएको भए पनि म्यादी प्रहरीहरु भागेका र घटनास्थलमा अन्य प्रहरी नपुग्दा झडपमा संलग्नहरु सहजै दमौली बजारबाट बाहिरिएका थिए। यद्यपी प्रहरीले घटनालगत्तै शंकास्पद सवारी साधनलाई नियन्त्रणमा लिन थर्पु, बेलचौतारा तथा मातहतका इकाइमा सूचना गरेको थियो। सोही आधारमा थर्पु प्रहरी चौकील शंकास्पद कारसहितका युवालाई पक्रेको हो । उनीहरुसँग घटनाबारे अनुसन्धान भैरहेको प्रहरी निरीक्षक पण्डितले जानकारी दिनुभयो। दमौलीमा पछिल्लो समय खुकुरी प्रहारका श्रृंखलामा बढ्दै गएका छन्। बजारभित्रका युवाबीच पनि बेला बेला झडप हुने गरेको छ । झडपमै परी केही युवाले ज्यान समेत गुमाइसकेका छन्। बजारका विभिन्न युवा समूहबीच समेत झडप हुने गरेको छ । यसैगरी टेण्डर दर्ताका बेला समेत बल प्रदर्शन गरेर एक अर्कालाई निषेध गर्न खोज्दा बेला बेला झडप हुने गरेको छ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses