थापाको नयाँ खुलासाः प्रत्येक नगर र गाउँमा चर्च निर्माण गर्ने...
Advertisement
You May Like
उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा चुनावी सभालाई सम्बोधन गर्दै थापाले हिन्दू धर्मलाई सनातन धर्मको मान्यता दिएर अन्य धर्मप्रति सर्वधर्मको भाव राखी प्रत्येक नगर र गाउँपालिकामा हिन्दूको मन्दिर, बौद्धधर्मको गुम्बा, इस्लामको मस्जिद र क्रिश्चियनको चर्चको समेत निर्माण गर्ने आफ्नो पार्टीको नीति रहेको बताए । सबै धर्मको संरक्षणमा समेत जोड दिने नीति आफ्नो पार्टीको रहेको जिकिर उनको थियो ।
वर्तमान अवस्थामा राप्रपाले नेपालमा सर्वधर्म र लोककल्याणकारी राज्य व्यवस्थापनको नीतिको पक्षमा रहेको र आफूहरुले राज्यको पनि यही नीति होस् भन्ने चाहेको विहीबार आयोजित चुनावी सभामा उनले बताए ।
आफ्नो पार्टी स्थानीय तहको चुनावमा विजय भए स्थानीय तहमा पहिला वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भक्तामा वृद्धि, निःशुल्क उपचार, बेरोजगार युवाका लागि बेरोजगारी भत्ता र कक्षा १२ सम्म सबै जातजातिका विद्यार्थीका लागि निःशुल्क प्राविधिक शिक्षा एवं अन्य शिक्षाको ग्यारेन्टीसहित व्यवस्था गर्ने आश्वासन थापाले दिए ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses