५ नम्बर प्रदेशमा निर्वाचन बिरोधि लाई सर्बोच्चको झट्का....गर्यो जनताको हितमा निर्णय
Advertisement
You May Like
काठमाडौं, ९ असार । सर्वोच्च अदालतले प्रदेश नम्बर ५ मा असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको चुनाव रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
शुक्रबार न्यायाधीश मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले निर्वाचन कार्यक्रम अनुसार प्रक्रिया सञ्चालन भइरहेको लगायतका कारण देखाउँदै निर्वाचन रोक्ने गरी अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो ।
निर्वाचनको वातावरण नभएको भन्दै अधिवक्ता सुनिलकुमार पटेलले प्रदेश नम्बर २ र ५ का ११ जिल्लाको निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेका थिए । तर, सर्वाेच्चले आदेश दिन अस्वीकार गरेको हो ।
यद्यपी सरकारले राष्ट्रिय जनता पार्टीको सहमतिमा प्रदेश नम्बर २ को निर्वाचन असोज २ गतेलाई सार्ने निर्णय गरिसकेको छ । निवेदकले दुई नम्बर प्रदेशसँगै पाँच नम्बर प्रदेशका तीन जिल्ला नवलपरासी, कपिलबस्तु र रुपन्देहीमा निर्वाचन रोक्न माग गरेका थिए ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses