मुलुकमा नयाँ राजीतिक संस्कार सुरु गरेको दाहालको दाबी
Advertisement
You May Like


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई नयाँ राजनीतिक संस्कृतितर्फ उन्मुख गराउनका आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।

नयाँ प्रधानमन्त्रीको रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी मनोननय दर्तापछि संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले राजीनामा गरेर आफूले सहज सत्ता हस्तान्तरणको नयाँ राजनीतिक संस्कृतिको प्रारम्भ गरेको दाबी गरे।

आफ्नो कार्यकालमा नेतृत्व लिएको तर पूरा नगरेका विषयलाई आगामी सरकारले पूरा गर्छ त भन्ने संचारकर्मीको जिज्ञासामा उनले मुलुकमा प्रचुर संभावना र चुनौती दुवै भएको भन्दै सबै मिलेर सामना गर्दै देशलाई सफल पार्नुपर्नेमा जोड दिए। 
भावी प्रधानमन्त्रीको रुपमा  आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका कांग्रेस सभापति देउवा भने प्रधानमन्त्री भएपछि भनांैला नि भन्दै बाहिरिएका थिए। 

उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले राजीनामा दिएर अर्को सरकार गठनका लागि बाटो खोलेका वर्तमान प्रधानमन्त्री दाहालले देउवाको प्रधानमन्त्रीको उम्मेदवारीमा प्रस्तावक बस्नुनै महत्वपूर्ण विषय भएको भन्दै उनले वहुमतीय सरकार गठनका लागि कुनै समस्या नभएको बताए। 

उपप्रधान एवंम संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजय कुमार गच्छदारले मधेसको समस्या सम्बोधन गरी पहिलो चरणमा सहभागी नभएका मधेस केन्द्रित दललाई पनि चुनावमा सहभागी गराउने तथा संविधान कार्यान्वयनका लागि सहज वातावरण बनाउनका लागि दाहाल नेतृत्वको सरकारलाई आफूले सहयोग गरेको भन्दै देउवा नेतृत्वको सरकारलाई पनि समर्थन जनाउने स्पष्ट पारे। 

प्रधानमन्त्री दाहालको राजीनामा पछि आगामी प्रधानमन्त्रीका लागि अहिलेसम्म नेपाली कांग्रेसका सभापति देउवाको मात्रै उम्मेदवारी मनोनय दर्ता भएको छ । प्रधानमन्त्री पदका लागि आईतबार हुने मतदानका लागि संसद सचिवालयले सनिबार अपरान्ह ४ बजे सम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको छ। 

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.