एमालेले मेयरको टिकट दिने भएपछि फोरम नेताले पार्टी छाडे
Advertisement
You May Like

१९ जेठ, सप्तरी । संघीय समाजवादी फोरमका नेता सुखराम यादव राजविराज नगरपालिकाको मेयरको उम्मेदवार बन्ने गरी एमाले प्रवेश गर्ने भएका छन् । यादवले शुक्रबार सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गरी फोरम परित्यागको घोषणा गरेका हुन् । फोरमका मधेश प्रदेश सदस्य रहेका यादव सप्तरीका प्रभावशाली नेता हुन् । दोस्रो चरणको चुनावमा मुखमा उनले पार्टी परित्याग गरेका छन् । उनले आफू सहयोगीसहित एमाले प्रवेश गर्ने र राजविराजको मेयर लड्ने पत्रकार सम्मेलनमा बताए । राजविराज त्यहिँ ठाउँ हो,जहाँ एमालेले मेची महाकाली अभियानका क्रममा आमसभा गर्दा मधेसी मोर्चाका कार्यकर्ता आक्रमण गरेका थिए । आक्रमण रोक्न खोज्दा प्रहरीको गोलीबाट ४ जनाको मृत्यु भएको थियो । एमालेले सप्तरीमा राजविराज लगायत केही स्थानीय तहमा उम्मेदवार तय गरिसकेको छैन । मधेसवादी र अन्य दलबाट प्रवेश गराएर टिकट दिने योजना अनुरुप एमालेले ती ठाउँमा उम्मेदवार तय नगरेको हो । यसअघि सिराहा लाहान नगरपालिकाको मेयरको उम्मेदवार बन्ने गरी पूर्व मेयर मुन्नी साह एमाले प्रवेश गरेका थिए ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses