खुमबहादुरले सानेपामा गरे ‘कमाल’, माओवादीका नेतालाई कांग्रेसमा भित्र्याए
Advertisement
You May Like


काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले माओवादी केन्द्र परितत्याग गरेका एक नेतालाई कांग्रेसमा भित्र्याएका छन् ।
ललितपुरको सानेपास्थित आफ्नै निवासमा नेता खड्काले शुक्रबार माओवादी केन्द्र दाङका प्रभावशाली नेता डम्बरबहादुर ओलीलाई कांग्रेसमा प्रवेश गराएको कांग्रेसका युवा नेता महेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार कांग्रेसमा प्रवेश गरेका डम्बरबहादुर ओली माओवादी केन्द्रका दाङ जिल्लाका प्रभावशाली नेता हुन् ।
घोराही उपमहानगरपालिका वडा नं. १८ गिठेपानी निबासी डम्बरबहादुर ओलीले माओवादी केन्द्र परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेको बताए । उनले भने, ‘माओवादी केन्द्रको नीति तथा सिद्धान्त ठीक छैन । मन परेन त्यसैले कांग्रेसमा प्रवेश गरेँ ।’
पार्टी प्रवेश कार्यक्रममा दाङ क्षेत्र नं. ३ का सांसद राजु खनाल, क्षेत्र नं. ४ का सांसद बुद्धिराम भण्डारी कांग्रेस दाङ जिल्ला पार्टी सभापति कृतिबहादुर खड्का, जिल्ला सचिव शंकर डाँगी, जिल्ला कोषाध्यक्ष साबित्रा राना, क्षेत्र नं. ३ का सभापति भुपबहादर डाँगी, सचिब बद्री खड्का, कांग्रेसका युवा नेता महेश श्रेष्ठसहितका नेताहरूको सहभागिता रहेको थियो ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.