बाबुरामको प्रचण्डलाई चेतावनी: मतपत्र च्यात्नेलाई सम्मानित गरिए भोलि चुनावमा कोही हार्दैन
Advertisement
You May Like
काठमाडौं, १८ जेठ । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले मतपत्र च्यात्नेलाई पुरस्कृत नगर्न आग्रह गरेका छन् । कानुनी छिद्रलाई टेकेर मतपत्र च्यात्नेलाई पुरस्कृत गरिए भोलि कसैले पनि चुनाव नहार्ने भन्दै उनले सरकारलाई चेतावनीसमेत दिएका छन् ।
बिहीबार ट्विट गर्दै बाबुरामले नाजीवाद र फासीवाद पनि चुनाव (ब्यालेट) बाटै आएको भन्दै उनले मतपत्र च्यात्नेलाई पुरस्कृत गरिए लोकतन्त्र मर्ने उल्लेख गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको प्रहरी र निर्वाचन आयोगले समेत पुष्टि गरेको छ ।
सोही कारण बाबुरामले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै ब्यालेटबाटै नाजीवाद र फासीवाद ल्याउन खोजेको आरोप लगाएका छन् ।
उनले जसको शक्ति उसको भक्ति भन्ने संस्कृतिले जसरी पनि चुनाव जित्न र हार्न लाग्दा मतपत्र च्यात्न उद्यत हुने प्रवृत्ति बढ्ने दाबी गरेका छन् । ‘जसको शक्ति उसको भक्ति संस्कृतिले जसरी पनि चुनाव जीत भन्छ, हार्न लाग्दा मतपत्र च्यात्न उद्यत गर्छ,’ बाबुरामको ट्विटमा उल्लेख छ । उनले भरतपुर नेपाली लोकतन्त्रको लिट्मस टेस्ट भएको बताएका छन् ।
भरतपुर महानगर मेयरमा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबीच तीव्र प्रतिस्पर्धा छ । दुवैबीच करिब पाँच सय मतको अन्तर छ ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses