जागिर लाइदिने भन्दै डडेल्धुराबाट दिपायल लगिएकी एक युवती अलपत्र
Advertisement
You May Like
डोटी, असार ९ । डडेल्धुरा जिल्ला पर्शुराम नगरपालिका ४ गोगनबाट २२ वर्षकी एक युवतीलाई जागिर लगाइदिने प्रलोभन देखाउँदै एक ब्यक्तिले दिपायल पिपल्लामा लगेर अलपत्र पारेका छन्
आफू नेपाल टेलिकमको कर्मचारी भएको र टेलिकमको दिपायल कार्यालयमा जागिर लगाइदिने भन्दै दिपायलमा अलपत्रमा पारेको उनले गुनासो गरेकी छिन् । पीडितका अनुसार बैतडी जिल्ला घर भई अहिले कञ्चनपुर बसपार्क बस्दै आएका सुरेन्द्र विष्टले दिपायलमा लगेर अलपत्रमा पारेका हुन् ।
युवतीका अनुसार टेलिकममा एकजना टावर कुरुवा आवश्यक भएको र दिपालय टेलिकम कार्यालयबाट नियुक्ति दिने प्रलोभन देखाई विष्टले उनलाई दिपायल ल्याएका थिए ।
जागिर लाइदिने प्रलोभनमा आफूलाई दिपालयमा ल्यायर विष्ट फरार भएको र आफूसँग घर फर्किने पैसासमेत नभएको पीडित युवतीले गहभरी आसु झार्दै भनिन् ‘मलाई दुःख दिनेलाई कारबाही होस् ।’ उनले आफूलाई पीडा दिने विष्टकाविरुद्धमा जिल्ला प्रहरी कार्यालय डोटीमा कारबाहीका लागि निबेदनसमेत दिएकी छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले घटनाका बारे सम्पूर्ण कुरो बुझि रहेको बताउनुभएको छ । दोषी पक्राउका लागि सबै प्रहरी युनिटमा खबर भइसकेकाले दाषी चाडै पक्राउ पर्ने उहाँले बताउनुभयो ।
पीडित युवतीले फरार भएका विष्टले आफ्नो सिम कार्डसहितको मोबाइल पनि लगेको आरोप लगाएकी छिन् । युवती अहिले आफ्ना काकाको साथमा दिपायलस्थित एक होटलमा छिन् । आरोपित विष्ट बिहीबार बिहानदेखि सम्पर्कविहीन छन् ।–उज्यालो अनलाइन
Advertisement
You May Like
0 comments
Write Down Your Responses