म्यादी प्रहरीको रहस्यमय मृत्यु, प्रेमिकासहित तीन पक्राउ
Advertisement
You May Like


धनगढीः कैलालीको गौरीगंगा नगरपालिका ९ को सामुदायिक वनको जंगलमा एक म्यादी प्रहरी मृत अवस्थामा भेटिएका छन्। गएराति आफ्नी प्रेमिकासहित चार जनाको समूहमा आएकामध्ये हसुलीयाका अशोक चौधरी मृत भेटिएका हुन।
साथीले जनावरलाई भगाउनका लागि राखेको पासोमा परेर ज्यान गएको बताए प्नि घटना रहस्यमय भएको भन्दै प्रहरीले थप अनुसन्धान सुरु गरेको छ। उनकी प्रेमिका ममता चौधरीसहित तीनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।
त्यसैगरी कैलालीको गौरीगंगा नगरपालिका ९ शंकरपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम तर्फ आइरहेको ना २ ख ९५९१ नम्बरको ट्रकले ठक्करले ६ वर्षीया रागिनी चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
शुक्रबार साँझ साढे ५ बजे भएको दुर्घटनामा परी आमा सुशीला चौधरीसँगै मामा घर आएकी रागिनीको ज्यान गएको हो। ट्रक चालक करन चौधरी र ट्रक इलाका प्रहरी कार्यालय मसुरीयाको नियन्त्रणमा छ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.