‘जुन शक्तिले राजदरवार हत्याकाण्ड गरायो त्यही शक्तिले ओली सरकार ढलायो’ (भिडियोसहित)
Advertisement
You May Like
राष्ट्रबादी प्रवचनमालामा विश्लेषक अर्जुन ज्ञवालीले राखेका विचारका अंशहरु :
दुर्गानन्द झा मार्फत राजा महेन्द्रको हत्या गर्न कांग्रेस नेता स्वर्ण समशेरले योजना बनाएको |
२०४६ सालमा देशमाथि नाकाबन्दी लगाउन लगाएर प्रजातन्त्र प्राप्त भएको हो जसले जे भने पनि |
चिनसंगको कोदारी राजमार्ग खोलिसके पछि भारतले लगाएको नाकाबन्दीबारे खुलासा |
राजतन्त्र हुदै सबै राम्रो हुने भए राजतन्त्र हुदै राजा बीरेन्द्रको हत्या भएको होइन र ?
नेपालमा अहिले साम्राज्यवादी शक्तिहरु संकटमा छन् जसले गर्दा यो शक्ति आफ्नु अस्तित्व बचाउनलाई र नेपाललाई तहस नहस गर्न विभिन्न खाले हथकण्डाहरू अपनाउदै छन् | साम्राज्यवादीशक्तिको एउटै उद्देश्य प्रष्ट देखिन्छ नेपालको बिखण्डन र कहिले नमिल्ने कलहको बिउ रोप्ने | जुन धेरै हदसम्म सफल पनि भएका छन् |
यति हुदा हुदै पनि नेपाली जनतामा आएको राष्ट्रबादको लहरले साम्राज्यवादी शक्ति आतिएको छ | देउवा र प्रचण्डले साम्राज्यवादी इसाई खेमाको नेतृत्व गर्छन र राष्ट्रबादी खेमाको नेतृत्व अहिले ओलि गरिरहेको ज्ञवालीको दाबी छ |
नेपालमाथि भैरहेको साम्राज्यवादी हस्तक्षेपका विरुद्ध पुर्वराजा ज्ञानेन्द्रले पनि आफ्नु किता प्रष्ट पार्नु पर्छ , देशहितको पक्षमा उभिने हो भने पुर्वराजाले साम्राज्यवादी शक्ति बिरुद्ध बोल्नु पर्छ कि साम्राज्यवादी कितामा उभिएको छु भनेर प्रष्ट पार्नु पर्छ भन्दै विश्लेषक अर्जुन ज्ञवाली खरो कुरा राख्छन् |
हेर्नुस भिडियो
Advertisement
You May Like
0 comments
Write Down Your Responses