अपहरण शैलीमा बेपत्ता महिला २४ घन्टापछि भेटिइन्
Advertisement
You May Like


बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका वार्ड २ स्थित जमुनी फुटाहा निवासी २९ वर्षीया सविता पाण्डे अपहरण शैलीमा वेपत्ता भएको २४ घण्टा पछि वुटवलमा भेटिनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक हेम शाहीको कमाण्डमा खटिएको टोली र वुटवल प्रहरीको संयुक्त गस्ती टोलीले बुटवलको मैनावगरस्थित सडकमा एक्लै हिडिरहेको अवस्थामा फेला पारेको हो ।
‘प्रहरीलाई महिला हराएको सूचना आउने वित्तिकै खोजतलासमा कडाई गर्दै टोली नै खटाएका थियौँ’, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक भरतबहादुर बोहोराले भन्नुभयो, ‘महिलालाई हाम्रो टोलीले बुटवलबाट ल्याउँदै छ, बर्दिया आएपछि सोधपुछ पश्चात परिवारलाई बुझाउँछौं ।’

पारिवारिक श्रोतका अनुसार केही महिनादेखि पाण्डेले मानसिक उपचार पश्चात औषधी सेवन गर्दै आउनु भएको जनाइएको छ ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.