प्रचण्ड पुत्र प्रकाश दाहालले 'धरौटी' को अर्थ नबुझेपछि...
Advertisement
You May Like
भरतपुर । जेठ १४ गते आइतवार राती भरतपुर महानगरपालिकाको मतगणना हुँदै गर्दा मतपत्र च्यातेर रंगे हात पक्राउ भएका माओवादीका दुई कार्यकर्ता विहिबार जनही एक लाख धरौटीमा रिहा भए ।
चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको एकल इजलाशले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । माओवादीका प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले मतपत्र च्यातेका थिए । उनीहरुले मतपत्र च्यातेपछि स्थगित भएको भरतपुर मतगणना अझै स्थगित नै छ ।
निर्वाचन कसुर ऐन २०७३ को दफा (१६) को उपदफा २ बमोजिम जनही एक लाख धरौटी तिरेर रिहा भएका उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले सत्यको जित भई निर्देाष सावित भएर रिहा भएको भन्दै खादा ओढाएको तस्बिरसहितको स्टाटस फेसबुकमा लेखेपछि उनी आलोचित भएका छन् ।

उसो त प्रकाश दाहाल आफ्नै अभिव्यक्तिको कारण आलोचनामा आएको यो पहिलो पटक भने होइन । प्रधानमन्त्री पिताका सहयोगीको रुपमा काम गर्दै आएका प्रकाशले धरौटीमा रिहा भएको व्यक्तिलाई निर्दोष सावित भएर छुटेको भनेपछि उनको
बौद्धिकतामाथि धेरैले व्यंग्य गरेका छन् ।
उसो त उनको स्टाटसमा अहिलेसम्म १४ सय भन्दा धेरैले कमेन्ट गरिसकेका छन् तर अत्यधिक कमेन्टमा उनको भनाईलाई खण्डन गरिएको छ । हुन त आफ्ना पार्टीका व्यक्ति रिहा हुनुमा प्रकाश दाहालले खुशी मनाउनु स्वभाविक होला तर प्रधानमन्त्रीका पुत्र त्यसमाथि प्रधानमन्त्रीकै सहयोगीको रुपमा रहेका उनले धरौटीमा रिहा हुनुलाई सत्यको जित भन्दै निर्दोष सावित भई रिहा भएको लेखेपछि आलोचना र विवादमा तानिनु स्वभाविकनै मान्न सकिन्छ ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses