नुहाएको तस्बिर इन्टरनेटमा राखेको भन्दै तीन महिलामाथि कुटपिट
Advertisement
You May Like


सिरहा, असार २४– सिरहाको गोलबजार नगरपालिका-१३ दुर्गापुर डङ्ग्राहाका तीन जना महिलालाई छिमेकीले मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।
उनीहरुलाई नुहाएको तस्बिर इन्टरनेटमा राखको भन्दै गाउँकै मोहम्मद आलम मिया, जाहिर मिया र उनका छोरा कलिमले बाँसको हरियो लठ्ठीले स्थानीय संजिला खातुन, मकिना खातुन र खैरुल खातुनलाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।
कुटाईबाट मकिनाको शरिरको विभिन्न भागमा ठूलठूला निलडाम लागेको छ । उनको शरिरको पछिल्लो भागको तल खुट्टादेखि गर्धनसम्म ठूलठूला निलडाम बस्नेगरी सार्वजनिक ठाउँका कुटपिट भएको हो । खैरुलको पनि शरिरको विभिन्न भागमा गहिरो चोट लागेको छ । उनीहरु दुवैजनाको गोलबजार ४ स्थित आकाशगंगा पोली क्लिनिकमा उपचार भइरहेको छ ।
क्लिनिकका डा. दिपेन्द्र यादवले मकिनाको शरिरको सवैभागमा गम्भीर चोट लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरुको शरिरको कुनै ठाउँनै बाँकी छैन, गहिरो चोट पर्नेगरी कुटपिट भएको छ, शारिरीक रुपले पनि बलियो भएकोले महिला बचेका हुन् ।’
घरमै नुहाईरहेको बेला १२/१५ दिन पहिला छिमेकी संजिला खातुनले मकिना र खैरुल खातुनको मोवाइलले फोटो खिचेर इमोमा हालेको मकिनाले बताउनु भयो । मकिनाले भन्नुभयो, ‘म घरकै चापा कलमा नुहाई रहेको थिएँ, त्यहिवेला खैरुल पनि आएर नुहाउन थाली । हामी दुवैजना नुहाएको ठाउँमा संजिला पनि नुहाउन आइ । त्यही वेला उनले मोवाइल चलाई रहेकी थिई, मैले हामी नुहाई रहेका छाैं, फोटो नखिच भनेको थिएँ । उनले पनि खिचदिन भनेपनि फोटो खिचेको रहेछ, त्यही फोटो इमोमा लगाएछ ।’
त्यही फोटो गाउँलेले इन्टरनेटमा देखेपछि संजिला र खैरुललाई २० गते बिहान जाहिर मियाले आफ्नै घरमा थुनेर छोरा कलिमलाई कुटपीट गर्न लगाएको स्थानीय साहिदा खातुनले बताउनुभयो भयो । त्यही दिन वेलुका छलफल गर्नुछ भन्दै मकिनालाई पनि बोलाएर आलम र जाहिरले मरणासन्न हुनेगरी कुटपीट गरेको साहिदाले बताउनु भयो ।
जाहिर मियाले उहाँहरुको साथमा रहेको मोबाइल खोसेर दुईदिन सम्म नियन्त्रणमा राखेको पनि साहिदाले बताउनु भयो । मियाले उनीहरुको मोवाईलमा रहेको सम्पूर्ण नम्बर र फोटोहरु डिलिट गरेर दुई दिनपछि मोवाइल फिर्ता दिएको जनाएको छ ।
कुटपिट पछि पनि घटना वाहिर लगे यो भन्दा पनि कडा सजाए दिने धम्की उनीहरुले दिएको पीडितहरुले बताएका छन् । गाउँमै मिलाउने भनेर तीन दिनसम्म गाउँमै राखे पनि पीडितको बोली कसैले नसुनेको मकिनाले दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘सवैले गाउँमै मिल्नु पर्छ भने, तर कसैले केही सहयोग गरेन, त्यसैले म यहाँ उपचार गराउन आएको हुँ । प्रहरीलाई पनि खवर गरेको छु ।’
प्रहरीले घटनाबारे आफूहरुलाई ढिलोगरीमा जानकारी भएको बताएको छ । इलाका प्रहरी कार्यालय गोलबजारले घटनाको विषयमा आफूहरुले अनुसन्धान गरिरहेको बताएको छ ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.