बम फ्याक्ने हवल्दारले भेटे गृहमन्त्री, के हो रु १५०० को वास्तविकता ?
Advertisement
You May Like


काठमाडौं– दाङको तुल्सिपुर स्थित अम्बास मतदान केन्द्रलाई लक्षित गरी अज्ञात समुहले फालेको बम तत्काल टिपेर मतदान स्थल बाहिर फालेका हवल्दार दुर्गा बहादुर रानाले गृहमन्त्री जनार्दन शर्मालाई भेटेका छन् ।

सोमबार गृहमन्त्रालयमा पुगेका हवल्दारलाई गृहमन्त्री शर्माले उनको बहादुरीको प्रशंसा गर्दै थप राम्रो काम गर्न हौसला दिएका हुन् ।
‘तपाईले राम्रो काम गर्नुभयो, थप राम्रो काम गर्दै जानुस उचित मुल्यांकन हुन्छ ।’ गृहमन्त्री शर्माले भने ।

यसैबीच गृहमन्त्री शर्माले आफूले हवल्दारलाई  १५ सय नदिएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्– नेपाल प्रहरीका हवल्दार श्री दुर्गा बहादुर राना गृह मन्त्रालयमा भेट्न आएको र मैले धन्यबाद दिएको हो, भेटका क्रममा गृह मन्त्रीले रु १५०० दियो भनी भ्रम छरेर उनको साहसीक कदमको अपमान नगर्न आग्रह गर्दछु ।’

असार १४ गते मतदान कार्य सम्पन्न हुनासाथ गृहमन्त्री शर्माले हवल्दार रानालाई फोन गरेर बधाई दिएका थिए ।

बरु रानासहितका चुनावमा प्रभावकारी काम गर्ने प्रहरी कर्मचारीलाई सोमबार महानगरीय प्रहरी कार्यालयले नगदसहित  सम्मान गरेको थियो ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.