राजकुमार श्रेष्ठको अपहरणमा सम्लग्न पूजा घर्तीलाई पक्राउ ,....हेर्नुहोस।।।
Advertisement
You May Like


तुलसीपुर, २७ असार । अपहरण पश्चात हत्या गरिएका तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरणमा सम्लग्न भनिएकी युवति पूजा घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आज वेलुकी पाँच बजे गुल्म प्रहरी कार्यालय तुलसीपुरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न थालिएको जिल्ला प्रहरी कार्यालय दांगका प्रहरी प्रमुख एसपी धिरजप्रताम सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसमा विषयमा सम्पूर्ण जानकारी पत्रकार सम्मेलनमा नै जानकारी दिईने छ ।

को हुन् पूजा ?
व्यवसायी श्रेष्ठको अपहरणपछि भएको हत्याले पूजालाई सामाजिक सञ्जालमा भाइरल बनाएको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले आकर्षक जीउडालकी गोरी पूजाको फोटो राख्दै केटीहरूदेखि सावधान लेखिएका पोस्टहरूसमेत सार्वजनिक गरिरहेका छन् । तुलसीपुरका एक प्रतिष्ठित व्यवसायीको अपहरणमा संलग्न ती युवती खासमा को हुन त ?

प्रहरीले उनको उमेर १७ वर्ष भनेर सार्वजनिक गरे पनि उनको खास उमेर २०-२१ वर्ष भएको बताइन्छ । तुलसीपुरमा १२ कक्षासम्म अध्ययन गरेकी पूजाको तडकभडक केही समययता निकै बढेको जानकारहरू बताउँछन् । पूजा अध्ययन वा कामभन्दा रंग–रमितामा रमाउन थालेकी थिइन् ।

केही समयअघि उनले सल्यान कालीमाटीका एक युवकसँग विवाह गरेकी थिइन् भने राम्रै रकम लिएर उनले ती युवकसँग सम्बन्धविच्छेद गरेको बताइन्छ । पूजा ब्युटिपार्लरमा काम गर्थिन् र निकै मोजमस्तीपूर्ण जीवन बिताउँथिन् । साथीहरू उनको प्रगति देखेर अचम्मित थिए । उनी विभिन्न मेला महोत्सवहरूमा नृत्यसमेत गर्थिन् ।

पूजाको व्यवहार केटाहरूसँग संगत बढाउने र अप्ठेरोमा पारेर रकम असुल्ने खालको थियो । उनले यसबीच पनि धेरै पुरुषसँग संगत बढाएर रकम लिएको बताइन्छ । ब्युटिपार्लरमा काम गर्न थालेदेखि उनी व्यवसायीहरूको सम्पर्कमा पुगेकी थिइन् । पूजा व्यवसायी श्रेष्ठसँग करिब डेढ बर्षदेखि नै सम्बन्धमा रहेको निकटस्थहरू बताउँछन् । पूजाको अधिकांश खर्च श्रेष्ठले नै धानिदिएको उनीहरूको भनाइ छ ।

पूजाको श्रेष्ठसँगको सम्बन्ध थाहा पाएका सल्यानका मानबहादुर भण्डारीले नै पूजालाई प्रयोग गर्ने तानाबाना बुनेका थिए । भण्डारीले पूजामार्फत श्रेष्ठको सम्पत्ति र व्यवसायका बारेमा विस्तृत जानकारी लिएका थिए । श्रेष्ठसँग कुस्त सम्पत्ति रहेको र दिनमै लाखौंको कारोबार हुने कुरा थाहा पाएपछि भण्डारी र पूजाका बुवा टीकाराम घर्तीले ३ करोडसम्म असुल्ने योजनाका साथ पूजालाई मोहरा बनाएर उनको अपहरण गरेको बताइन्छ ।

सजिलै फुत्किइन् पूजा
पूजाको काम श्रेष्ठलाई सल्यानसम्म पुर्याउने मात्र थियो । उनी श्रेष्ठलाई सल्यान पुर्याइसकेपछि त्यसै दिन राति नै तुलसीपुर फर्किसकेकी थिइन् । घटनामा आफ्नो सहभागिता कसैलाई थाहा नहुने आशामा उनी घरमै बसिन् । भोलिपल्ट श्रेष्ठ अपहरणको हल्ला चलेपछि प्रहरी व्यापक रूपमा परिचालित भयो । घटनाको प्रारम्भिक अनुसन्धानबाट श्रेष्ठलाई सल्यानसम्म पुर्याउने पूजा भएको कुरा थाहा भयो ।

जेठ २७ गते राति इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली पूजाको घरमा पुग्यो जहाँ पूजाकी आमाले उनी दुई दिनदेखि घरमा नभएको बताइन् । प्रहरीले घर खानतलासी गर्ने प्रयास गर्यो तर उनले प्रहरीलाई घरमा पस्न दिइनन् । उल्टै प्रहरीलाई धम्काइन्, ‘महिला मात्र भएको घरमा राति–राति पस्न खोज्ने ? तिमीहरूको के चाला हो यो ? म गाउँलेहरूलाई बोलाएर तिमीहरूको बेइज्जत गर्दिऊँं ?’

पूजा घरमा नभएपछि किन बबाल गर्नु भन्ने सोचेर प्रहरी ब्याक भयो । हो–हल्ला हुन थालेपछि प्रहरी त्यहाँबाट फर्किएको थियो । त्यसपछि घरमै रहेकी पूजा मोबाइलको स्वीच अफ गरेर फरार भइन् । प्रहरी घरमै रहेकी पूजालाई पक्राउ गर्नबाट चुक्यो । त्यसैले पनि प्रहरीलाई अन्य अभियुक्त पक्राउ गर्न लामो समय लाग्यो

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.