काठमाडौं। तत्कालीन मुख्य सचिव सोमलाल सुवेदी पदबाट राजीनामा नै नदिई एसियाली विकास बैँक (एडिबी) मा जागिर खान हिडेपछि व्यवस्थापिका संसदमा चर्काचर्की परेको छ । बैठकमा विपक्षी दलहरुले जान लागेका मुख्य सचिव सुवेदी र उनलाई त्यहाँ जान अनुमति दिने सरकारविरुद्ध खनिएका छन् । बैठकमा एमाले सांसद रेवतीरमण भण्डारीले पैसा पाइने लोभले राजीनामासम्म नदिई जागिर खान जानु नेपाल राष्ट्रका लागि गम्भीर नैतिक प्रश्न भएको बताए ।
उनले सरकारले मुख्य सचिवलाई राजीनामा गराउन पनि नसक्ने र मुख्य सचिवले समेत राजीनामा दिने नैतिकता बिर्सिएको बताउँदै भने ‘मुख्य सचिव पद सरकारले दुईवटा दरबन्दी राख्न मिल्छ कि मिल्दैन ? सुवेदीलाई कुन नियम अनुसार अतिरिक्त समूहमा राखियो ?’ ४४ सय रुपैयाँ पेन्सन पाइन्छ भन्ने लोभमा सुवेदीले देशको अन्तर्राष्ट्रिय बेइज्जत गरेको आरोप उनले लगाए । अतिरिक्त सेवामा बस्दा सुवेदीले थप दुई वर्ष सेवा गरे सरह पेन्सनमा थप सुविधा पाउँछन्। सरकारले उनलाई अतिरिक्त समूहमा राखेको छ ।
नेकपा एमाले संसदीय दलको तर्फबाट ध्यानाकर्षण गराउँदै उनले यस विषयमा प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने माग गरे । त्यसैगरी नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले पनि सुवेदी जुन दिन विदेशमा नोकरी खाने कुरा सार्वजनिक भयो त्यही दिन निकाल्नुपर्ने थियो भन्दै मुख्य सचिवको दोष नभई सत्तारुढ पार्टीहरुकै दोष भएको आरोप लगाए । ‘मुख्य सचिव त विस्तारवादी र साम्राज्यवादीका दलाल हुन्,’ उनले भने, ‘टुलुटुटलु हेरिरहने पार्टी दोषी हुन् ।’ प्रम र परराष्ट्र मन्त्रीले सदनमा जवाफ दिनु पर्ने उनको माग थियो।

0 comments
Write Down Your Responses