कतारमा एक नेपाली युवाद्वारा आत्महत्या....
Advertisement
You May Like

२४ असार दोहा, कतार । कतारमा एक जना नेपालीले झुण्डिएर आत्महत्या गरेका छन । स्थाई घर खोटाङ चिसापानी भएका २० बर्षीय कृष्ण कटुवालले कम्पनीको स्टोर रुममा झुण्डेर बिहिबार बिहान ३ बजे आत्महत्या गरेको उनका साथी खेमराज फुयाँलले एनपिएल न्युजलाई जानकारी दिए । उनी कतारको ओक्रा भन्ने ठाउँमा अलमुफ्ता कम्पनीमा कार्यरत थिए ।


उनी दश महिना अगाडि साउण्ड लाईन्स रिक्विटमेण्ट मेनपावर, सिनामंगल बाट कतार पुगेका थिए । उनले किन आत्महत्या गरे अहिले सम्म कारण खुल्न सकेको छैन । हाल कतारमा चौतर्फी नाकाबन्दी हुँदा र आफू काम गर्ने कम्पनी अलग भएकाले लास नेपाल पठाउन समस्या भएको उनका साथी खेमराज फुयाँलले बताएका छन ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.