आयो डरलाग्दो खबर : सूर्यमा प्वाल, पृथ्वीमा अन्धकार र भू–उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकको चेतावनी (फोटो फिचर सहित)
Advertisement
You May Like


काठमाडौं, असार २९ । सूर्यमा एक विशाल कालो छिद्र (प्वाल) देखापरेको र यसले पृथ्वीसम्म तातो ज्वालाहरु फ्याँक्नसक्ने, केही दिन पृथ्वीमा अन्धकार (ब्ल्याकआउट) हुनसक्ने र भू–उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने भन्दै वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।
वैज्ञानिकहरुले सूर्यअस्तको समयमा खिचेको तस्वीर एआर–२६६५ अनुसार एकलाख २० हजार किलोमिटर फराकिलो उक्त कालो छिद्र (प्वाल) पृथ्वीभन्दा ठूलो रहेको बताएका छन् ।
डेलिमेलकाअनुसार वैज्ञानिकहरुले उक्त छिद्रबाट खतरनाक ‘एम क्लास’को सौर्य ज्वालाहरु उत्पादन गर्नसक्ने बताउँदै पृथ्वीमा रेडियो ब्लाकआउट उत्पन्न भएर विकिरण तुफान आउनसक्ने भएकाले उच्च सर्तकता अपनाउन चेतावनी दिइएको छ ।यस घटनाले पृथ्वीको सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकहरुले प्रारम्भिक अनुमान गरेका छन् ।
नासा सौर्य गतिशील वेधशालाले गतहप्ता सूर्यमा रहेको उक्त विशाल कालो छिद्र पत्ता लगाएको नासाले उल्लेख गरेको छ ।
नासाकाअनुसार तस्वीरमा उक्त कालो छिद्र एकदमै गहिरो रहेको छ । यस क्षेत्रलाई सूर्यको चिस्यान क्षेत्र (कुलर एरिया) मानिन्छ । यस्तो छिद्रको निर्माण हुनुको कारण सूर्यको चुम्बकीय क्षेत्रसँगको अन्तरक्रियात्मक गतिविधि रहेको वैज्ञानिकहरुले बताएका छन् ।
मौसम पूर्वानुमान संस्था ‘एनओएए’ले जारी गरेको वक्तव्यमा भनिएको छ–‘अहिले पृथ्वीमा ‘एमक्लास’को खतरनाक ज्वालाहरु आउने सम्भावना २५ प्रतिशत रहेको छ । किनभने उक्त क्षेत्र हाम्रो पृथ्वीबाट आमुने–सामुने पर्दछ । पृथ्वीको लागि यो खतरनाक चेतावनी हुनसक्छ । केन फोटोग्राफरले यस दुर्लभ तस्वीर खिचेर हामीलाई एक मौका मिलेको छ ।’
स्पेसवेदर डटकमका ब्रुनो बोनी डे ओलिभ्रराले आफूले पनि धेरै मिहेनतपछि सूर्यको ‘सन्सपट’ क्षेत्रको फोटो खिच्न सफल भएको बताएका छन् ।
उनले गत मंगलबार अमेरिकाको न्यूयोर्क सहरबाट उक्त फोटो खिच्न सफल भएका थिए ।



Advertisement
You May Like

2 comments

Babu ramaro kura gora like comment pauxu..
Na ramaro post goryamaa gali khanu porla pholat maa

Babu ramaro kura gora like comment pauxu..
Na ramaro post goryamaa gali khanu porla pholat maa

Write Down Your Responses

Powered by Blogger.