जनकपुरमा एमाले नेता चढेको गाडी दुर्घटनाः दुई जनाको मृत्यु, ४ को अवस्था गम्भीर
Advertisement
You May Like


काठमाडौं, २९ असार । धनुषाको जनकपुरमा नेकपा एमालेका नेता चढेको गाडी दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ । चार जनाको अवस्था गम्भीर छ ।
जनकपुरवासी युवा संघका नेता सञ्जीव झाका अनुसार दुर्घटनामा एमाले कार्यकर्ता सरिता चौधरी र ललिता चौधरीको निधन भएको छ । पूर्व सांसद रामरति राम, केन्द्रीय बिभागका सदस्य मागेद कामत, जिल्ला कमिटी सदस्य सिरहा सागर देबी चौधरी र दिलिप चौधरीको अवस्था गम्भीर छ ।
उनीहरुलाई थप उपचारका लागि बिराटनगर न्युरो अस्पताल पठाइएको नेता झाले जनकपुरबाट दैनिक नेपाललाई बताए ।
जनकपुरमा दुर्घटना भएको गाडीमा सिरहाका एमाले नेता कार्यकर्ता सवार थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.