महिलासँग ४० हजार घुस लिने महिला अधिकृत रंगेहात पक्राउ
Advertisement
You May Like


बर्दिबास : जिल्ला समन्वय समिति सर्लाहीकी कार्यक्रम अधिकृत नगिना रायलाई बर्दिबासको अख्तियार टोलीले ४० हजार घुससहित रंगेहात पक्राउ गरेको छ। बिहीबार कार्यालय समयमा दुई महिला सेवाग्राहीसंग घुस लिदैं गर्दा कार्यालयमै छापा हानेर अधिकृत रायलाई पक्राउ गरेको अख्यिार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल सम्पर्क कार्यालय बर्दिबास महोत्तरीका एसपी मुकेस सिंहले जानकारी दिनुभयो। पीडित सेवाग्राहीको उजुरीको अधार अधिकृत रायलाई अख्यिारको टोलीले पक्राउ गरेको हो।
सर्लाही बरहथवा नगरपालिका-८ स्थित तराइको गरिब तथा बिपन्न दलित मुसहर टोलमा आर्थिक वर्ष २०७३-०७४मा पोषण तथा सरसफाई कार्यक्रमको जिल्ला समन्वय समिति सर्लाहीले एक लाख रुपैंया बजेट विनियोजन गरेको थियो। दलित महिला जागृती केन्द्र मोतिपुर-३ सर्लाहीले मुसहर बस्तीमा कार्यक्रम संचालन गर्न जिल्ला समन्वय समितिसंग सम्झौता गरेर काम सम्पन्न पश्चात पर्छौटको लागि फाइल पेश गरेको थियो।
दलित महिला जागृती केन्द्रकी अध्यक्ष प्रमिला देवी रामसंग १ लाख भुक्तानी गर्न अधिकृत रायले २० हजार रुपैंयामा मागेकी थिइन्।
त्यसैगरी सर्लाहीकै साविकको छतौना गाविसमा आर्थिक वर्ष २०७३-०७४ मा महिला विशेष कार्यक्रम अन्र्तगत अधारभूत दुई महिने तालिम संचालनको लागि जिल्ला समन्वय समिति सर्लाहीले ५५ हजार छुट्याएको थियो।
महिला हित कल्याणकारी संस्था महिनाथपुर-५ सर्लाहीले कार्यक्रम सम्पन्न गर्न जिल्ला समन्वय समितसंग सम्झौता गरेको थियो। कार्यक्रम पश्चात पर्छौटको लागि जिल्लामा पुग्दा संस्थाकी अध्यक्ष रागनी कुमारी झासंग कार्यक्रम अधिकृत रायले २० हजार घुस मागेका थिए। पक्राउ परेका अधिकृत रायलाई अख्यिारको टोलीले पक्राउपछि आवश्यक कारबाहीका लागि बर्दिवास ल्याएको छ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.