कतारमा हुनुहुन्छ वा कतार जाँदै हुनुहुन्छ यो एक पटक अवश्य पढ्नुहोस, अबको कतारमा नाकाबन्दि यस्तो छ
Advertisement
You May Like


एजेन्सी । साउदी अरबको नेतृत्वमा खाडीका चार राष्ट्रले कतारमाथि थप नयाँ नाकाबन्दी लगाउने चेतावनी दिएका छन्। साउदी अरब, बहराइन, मिश्र तथा संयुक्त अरब इमिरेट्सले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै चेतावनी दिएको बीबीसीले जनाएको छ।
विज्ञप्तिमा भिनएको छ, ‘कतारलाई चार राष्टरको माग सम्बोधन नगरे क्षेत्रीय सुरक्षामा थप खतरा पैदा हुनेछ। साथै थप नयाँ नाकाबन्दी समेत तत्काल हुनेछ।’ तर चार राष्ट्रले कतारमाथि कस्तो प्रकारको नाकाबन्दी लगाउने भन्नेबारे खुलाइएको छैन।
पछिल्लो समय चार राष्ट्रले आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोप लगाउँदै कतारसँगको कुटनीतिक सम्बन्धलाई तोडेका छन् भने चरमपन्थीसँगको सम्बन्धलाई अलग राख्न माग गरेका छन्।
विहीबार जारी गरिएको बयानमा चार मुलुकु (साउदी, बहराइन, मिश्र तथा संयुक्त अरब इमिरेट्स)ले आर्थिक र राजनीतिक प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.