मध्यरातको पानीले आधा दर्शन गाउँ डुवानमा, राजविराजमा १५ सय परिवार जोखिममा
Advertisement
You May Like

राजविराज – शुक्रवार मध्यरातदेखि परेको अविरल वर्षाका कारण खाडो, त्रियुगा, जीता लगायतका नदीको वाढिले नगरपालिकाको २ वटा वडाका साथै आधा दर्जन गाउँ डुवानमा परेका छन् ।
वाढिवाट राजविराज नगरपालिकाको वडा नं। ९ र १० का साथै मैनाकडेरी, वसविट्टि, तिलाठि, पौआ, मुसहरनिया पिपराही, रायपुर, लौनिया, रुपनी, पकरी, रम्पुरा, मलहनीया लगायतका गाउँ डुवानमा परेका छन् ।  गाउँमा वाढि पसेकाले ३ फिटसम्म पानी जमेको छ । अकस्मातको वाढिले आधा दर्जन फुसको संरचना भएका
घर भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र अन्य सरसमान वगाएको राजविराज नगरपालिका वडा नं। १० डुमरी गाउँका परशुराम यादवले वताए

उक्त वडाका डेढ सय परिवार वाढिको उच्च जोखिममा छन् । एक्कासी आएको वाढिले मलेठ स्थित मोयासिनको कुखुरा फर्ममा रहेका १ हजार २ सय कुखुरा र अन्नपात वगाएर लगेको पीडितले वताए । मलेठ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पनि जलमग्न हुँदा ठप्प भएको छ । वाढि औद्योगिक क्षेत्रभित्र पस्दा २० मिटर लामो पर्खाल भत्काउनुका साथै उद्योगहर भित्र पानी पस्दा ठुलो क्षती भएको उद्योगका संचालकहरुले वताएका छन् ।
यस्तै रुपनी गाउँपालिका २ मा वाढि पस्दा १ सय घर डुवानमा परेका छन् ।
स्थानीयको खेतवारी वगाउनुका साथै पानी वस्तिमा छिरेकाले सुरक्षित स्थानको खोजीमा जुटेको स्थानीयवासी दिनेश यादवले वताए । गतवर्ष गाउँमा पसेको
वाढिले गरेको क्षती नविर्सदै फेरी यो वर्ष पनि वाढिले दुःख दिन थालेको उनको भनाई छ । त्रासका कारण स्थानीयले अन्नपात गाईगोरु लिएर सुरक्षित स्थानतर्फ जान थालेको जानकारी पनि दिए । वाढिले सडक कटान गर्दा राजविराज
कुनौली सडक खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक अनुराग द्विवेदीले वाढिले जिल्लाका १५ सय परिवार प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको वताए । उनले वाढिवाट जोगाउन ठाउँ ठाउँमा अस्थायी वाँध वनाउने काममा प्रहरी खटिएको जानकारी दिए । उनी आफैपनि शनिवार विहानै देखि वाढि प्रभावित क्षेत्रमा उद्धार र पिडितहरुलाई सुरक्षित स्थानमा सार्ने काममा
ब्यस्त देखिन्थे । उनले श्रोत साधनले भ्याएसम्म वाढिवाट हुने सम्भावित क्षेती रोक्न आवश्यक सवै पहल थालिएको जनाएका छन् । यसैविच जिल्लाको लौनियाँमा खोलाले वताएर ल्याएको एक पुरुषको मृत शरिर प्रहरीले फेला पारेको छ । पहिचान खुल्न नसकेको मृतक वारे आवश्यक अनुसन्धान थालिएको प्रहरी उपरिक्षक द्विवेदीले जनाएका छन् । शडेगलेको अवस्थामा फेला परेको उक्त शव हत्या हो वा प्राकृतिक दुर्घटना हो भन्ने विषयमा प्रहरीले अनुसन्धानलाई केन्द्रित गरिरहेको उनले वताए ।
यता, जिल्लाको रुपनी गाउँपालिकाका वासिन्दाले यथाशिघ्र आफुहरुलाई सुरक्षित र भयमुक्त वातावरण वनाउन प्रशासनसँग माग गर्दै रुपनी राजविराज
सडक खण्ड अवरुद्ध पारेका छन् । वर्षायाममा प्रत्येक वर्ष वाढिका कारणठुलो क्षती ब्यहोर्नु पर्दा पनि प्रशासनले दिर्घकालिन समाधान खोज्न
नसकेकाले विरोध स्वरुप चक्का जाम गरिएको स्थानीयको भनाई छ ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.