भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयर र उपमेयरमा एमालेको जित सुनिश्चित
Advertisement
You May Like


काठमाडौं, १५ जेठ – भक्तपुरको चाँगुनारायण नगरपालिकामा मेयर र उपमेयरमा एमालेका उम्मेद्वारहरु बिजयको नजिक पुगेका छन् । 
एमालेबाट मेयरका उम्मेद्वार सोम मिश्रले ६७७२ मत प्राप्त गरेका छन् भने कांगे्रेसका मेयरका उम्मेद्वार राजाराम खड्काले ६१३८ मत ल्याएका छन् ।  त्यसैगरि, एमालेकी उपमेयर उम्मेद्वार बिना बास्तोलाले ७१३९  मत ल्याएकी छन् भने कांग्रेसका उपमेयरका उम्मेद्वार सरु बानियाँले ६६५९ मत  प्राप्त गरेकी छन् ।
९ वडा रहेको चाँगुनारायण नगरपालिकामा ८ वटा वडाको मतगणना भइसकेको छ भने अव वडा–९ को मात्र मतगणना बाँकी छ । भर्खरै गणना सकिएको ८ न. वडामा एमालेको बिजय हासिल गरेको छ । यो सँगै एमाले र कांग्रेसले ४, ४ वडामा जितेका छन्  । मतगणना सकिएका वडामध्ये १, २, ५ र ७ मा काँग्रेसको समूह विजयी भएको छ भने वडा नं ३, ४, ६ र ८ मा एमालेको समूह विजयी भएको छ । वडा न.९ मा नेमकिपा तुलनात्मक राम्रो छ । 
तेश्रो स्थानमा रहेको राप्रपाका मेयर र उपमेयरका उम्मेद्वारले ४३०१  र ३७६३ मत ल्याएका छन् । चौथो स्थानमा रहेको नेमकिपाका उम्मेद्वारहरुले ३३५६ र २८६८ मत ल्याएका छन् भने माओवादी केन्द्र पाचौं स्थानमा रहेको छ ।  माओवादी केन्द्रका उम्मेद्वारहरुले १ हजारमत समेत ल्याएका छैनन् । केन्द्रका मेयर र उपमेयरका उम्मेद्वारहरुले ५५८ र ६१६ मत ल्याएका छन् । 

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.