काबुलमा अहिलेसम्मकै ठूलो विस्फोट : दर्जनौँ हताहत, १ सयभन्दा बढी घाइते
Advertisement
You May Like
काबुल, जेठ १७ – अफगानिस्तानको राजधानी काबुलमा राष्ट्रपति भवन र विदेशी दूतावासहरु रहेको क्षेत्रमा ठूलो विस्फोट भएको छ ।
अहिलेसम्मकै ठूलो विस्फोट भनिएको उक्त घटनामा आत्मघाती कार बम विस्फोट गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कति जनाको मृत्यु भयो भन्ने संख्या पनि यकिन छैन । बिबिसीले मारिनेको संख्या ९ तथा घाइतेको संख्या ८४ रहेको बताएको छ भने अलजजिराल यो मारिनेको संख्या १९ रहेको बताएको छ ।
बुधबार जानबाक स्क्वेरमा विस्फोट भएको थियो । यो क्षेत्रमा धेरै सरकारी कार्यालय तथा विदेशी दूतावासहरु रहेका छन् ।
मारिनेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses