भरतपुरमा गल्ती भएको छ, सुधार गर्नुपर्छ : प्रधानमन्त्री
Advertisement
You May Like

काठमाडौं, १७ जेठ । नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री समर्थन गर्ने पूर्वसहमतिलाई कार्यान्वयनमा कटिबद्ध रहेको जनाएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको सहमतिलाई इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताएका हुन् । ‘कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिलाई इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्छ’, प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै सांसद रेखा शर्माले भनिन्, ‘राजनीतिक इमान्दारिता र विश्वासको वातावरण बनाएर जानुपर्छ । मुलुकलाई निकास दिनुपर्छ ।’
सहमतीय सरकार बन्न नसकेर बहुमतीय प्रक्रियामा प्रवेश गर्नुभन्दा एक दिन पहिला बसेको माओवादी संसदीय दलको बैठकले बजेटलाई कार्यान्वयनमा जोड दिने निर्णय पनि गरेको छ ।
बैठकमा प्रधानमन्त्री दाहालले पहिलो र दोस्रो चरणको निर्वाचनका विषयमा पार्टीका कार्यकर्ता र नेताहरू तथा संसदले पु¥याएको योगदानको प्रसंशा गरेका थिए । दोस्रो चरणको चुनावमा पनि उत्साहका साथ लाग्न दाहालले निर्देशन दिएका छन् ।
भरतपुरमा गल्ती भएकै छ
प्रधानमन्त्री दाहालले भरतपुर महानगरपालिकाको मतगणनाका बेला कसैन कसैबाट गल्ती भएको बताएका छन् । उनले भने, ‘भरतपुर मतगणनाका बेला केहीन केही गल्ती भएको छ । त्यसलाई सुधार गर्नुपर्छ । निर्वाचन आयोगले छानविन समिति बनाइ सकेको छ । त्यसको प्रतिवेदन र निर्णयलाई कुर्नु राम्रो हुन्छ ।’
प्रधानमन्त्री दाहालले भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘प्रमुख विपक्षी दल एमालेलाई चित्त बुझ्दैन भने निर्वाचनमा धाँधली भएको ठाउँमा छानविन गर्न संसदीय छानविन समिति बनेको छ । त्यसलाई पनि अधिकार दिन सकिन्छ ।’
उनले माओवादी केन्द्र र एमाले दुबै तर्फबाट गल्ती भएको उल्लेख गरेका थिए । ‘गल्ती भयो भन्दैमा त्यसलाई झन् गल्ती हुनेतिर लैजानु हुँदैन । सुधार गरेर अगाडि बढ्दा बुद्धिमानी हुन्छ ।’
एमालेको पछिल्लो रवैयाप्रति असन्तुष्ट देखिएका प्रधानमन्त्री दाहालले भने, ‘कांग्रेस र माओवादी केन्द्रबीचको तालमेलबाट एमाले दुःखी भएको छ । पहिलो चरणको स्थानीय चुनावमा माओवादीले पाएको सफलता, मुलुकमा भएको परिवर्तन आदिलाई एमालेले पटक्कै रुचाएको छैन ।’
बैठकमा प्रधानमन्त्री दाहालले असार १४ गतेसम्म चुनाव सार्नुपर्नाको कारणबारे जानकारी दिएका थिए ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.