सहमति भएको यस्तो हो, ओलीजीले कुरा फेर्नु भयो : पम्फा भुसाल
Advertisement
You May Like
काठमाडौं, १७ जेठ । नेकपा (माओवादी केन्द्र)की प्रवक्ता पम्फा भुसालले एमाले अध्यक्ष केपी ओलीले प्रमुख दलका शीर्ष नेताहरूबीच भएको सहमतिका विषयमा गरेको सार्वजनिक टिप्पणीलाई लिएर आपत्ति जनाएकी छिन् ।
बुधबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै प्रवक्ता भुसालले जिम्मेवार नेताले आफ्नो जिम्मेवारी बोधअनुसारको अभिव्यक्ति दिनुपर्ने बताएकी हुन् ।
‘केपी ओली जस्तो जिम्मेवार नेताले जथाभावी बोल्नु हुँदैन । उहाँले आफ्नो जिम्मेवारी र दायित्व बोधलाई ध्यान दिनुपर्छ’, उनले भनिन्, ‘बालुवाटार बैठकमा केपी ओलीज्यूले नै मधेस केन्द्रित् दलहरू चुनावमा आउँछन् भने असार ९ गते मिति सार्दा पनि हुन्छ भनेर सहमति जनाउनु भएको हो ।’
प्रवक्ता भुसालले भनिन्, ‘बैठकभित्र एउटा कुरामा सहमति गर्ने । बाहिर ठीक त्यसको विपरित बोल्ने कुरा जिम्मेवार नेतालाई सुहाउँदैन ।’
‘हिजो(मंगलबार) केपी ओलीले ज्योतिषले भनेर सरकारले असार ९ गते मिति सारेको भन्नुभयो । मिति सार्ने कुरामा उहाँले पनि सहमति जनाउनु भएको थियो’, उनले भनिन् ।
एमालेका अध्यक्ष केपी ओलीले मंगलबार सत्तारुढ दलहरूले ज्योतिषले असार ९ गते राम्रो छ भनेर भनेपछि चुनावको मिति सारेको भनेर टिप्पणी गरेपछि माओवादी केन्द्रकी प्रवक्ता भुसालले सो अभिव्यक्तिको खण्डन गरेकी हुन् ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses