महाअभियोगको डरले प्रमुख निर्वाचन आयुक्त यादव पछि हट्दै
Advertisement
You May Like


काठमाडौं, १७ जेठ । भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयलाई लिएर यतिवेला चौतर्फी चर्चाको विषय बनेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तत्काल मतगणना नभए चितवन नै बन्द गर्ने निर्णय गरिसकेको छ । त्यतिमात्रै होईन, एमालेले यही विषयलाई लिएर व्यवस्थापिका–संसद नै अवरुद्ध गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव यतिवेला चौतर्फी घेराबन्दीमा परेका छन् । यादवले यसअघि भरतपुरमा पूनः मतदान गर्ने तयारी थालेका थिए । तर एमालेले आयोगले पूनः मतदान गराउने निर्णय गराए त्यसको विरुद्धमा प्रमुख निर्वाचन आयुक्त यादवविरुद्ध नै महाअभियोग नै लगाउने तयारी गरेको छ ।
चितवनको विषयलाई लिएर आयोगका पदाधिकारीहरुको आजमात्रै तीन पटक बैठक बसिसकेको छ । तर आयोगले के निर्णय गर्ने भनेर कुनै ठोस कदम पनि चाल्न सकेको छैन् । प्रमुख आयुक्त यादवले पत्रकार ऋषि धमलासँग भने,‘के गर्ने हो ऋषिजी, यो चिवतनको विषयले मेरो टाउँको दुःखीरहेको छ।’

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.