झापामा आमा–छोरी नै उपप्रमुखका उम्मेदवार
Advertisement
You May Like

‘अहिले पनि ममा १६ वर्षेले झैँ पार्टीको काममा खटिने गर्ने जोस, जाँगर छ’, उनी भन्छिन्, ‘राजनीति गर्नलाई उमेरले छेक्दैन।’ त्यसैगरी, छोरी दुर्गा भुर्तेल खतिवडा पनि नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि हुन्। उनी नेपाल महिला सङ्घको क्षेत्र नम्बर १ को पूर्वसभापति पनि हुन्। विभिन्न सङ्घसंस्थामा सक्रिय खतिवडाले राजनीतिमा लाग्ने प्रेरणा आमाबाटै पाएको बताउँछिन्। उनले आफूलाई पार्टीले टिकट दिएकोमा खुसी व्यक्त गरिन्। भद्रपुरको भुर्तेल परिवार नेपाली काँग्रेसको धेरै पुरानो राजनीतिक घराना हो। सो परिवारबाट काँग्रेसमा धेरै कार्यकर्ता जन्मिएका छन्। विपी कोइराला, गिरिजाप्रसाद कोइराला, सिके प्रसार्इंलगायतले भुर्तेल परिवारको घरलाई सेल्टरका रुपमा प्रयोग गर्थे। झापाका १३ तहमा काँग्रेस उम्मेद्वार यसैबीच, झापामा नेपाली काँग्रेसले १३ वटा स्थानीय तहमा प्रमुख पदको उम्मेदवारको टुङ्गो लगाएको छ। पन्ध्र स्थानीय तह रहेको झापामा काँग्रेसले मेचीनगरमा विमल आचार्य, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा एकराज उप्रेती र बुद्धशान्तिमा रमेश भुजेल गरी चार तहको प्रमुख पदको उम्मेदवार केन्द्रीय कमिटीबाट टुङ्गो लगाएको
नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताए। यसअघि जिल्ला समितिबाटै गौरादह गाउँपालिकामा रोहित साह, गौरीगन्ज गाउँपालिकामा फूलमती राजवंशी, भद्रपुर नगरपालिकामा गणेश पोखरेल, विर्तामोड नगरपालिकामा जलकुमार गुरुङ, दमकमा ढुण्डिराज भण्डारी र कमल गाउँपालिकामा हुकुमसिंह राईलाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरिसकेको थियो। कचनकबल गाउँपालिकामा कालेन्द्रप्रसाद राजवंशी, हल्दिबारी गाउँपालिकामा दिलीपकुमार माबो र झापा गाउँपालिकामा जयनारायण साहलाई नेपाली काँग्रेसले प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ। अब शिवसताक्षी नगरपालिका र बाह्रदशी गाउँपालिकामा मात्र उम्मेद्वारको टुङ्गो लगाउन बाँकी रहेको छ। पार्टीले अधिकांश नगरपालिका तथा गाउँपालिकामा उपप्रमुखको टुङ्गो लागेपनि केहीमा निर्णय हुन बाँकी रहेको जनाएको छ। रासस
Advertisement
You May Like
0 comments
Write Down Your Responses