एमालेले बजेट रोक्ने चेतावनी दिएपछि महाअभियोग फिर्ता
Advertisement
You May Like


संसदमा बजेट प्रस्तुत गर्न नदिने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चेतावनी पछि सत्तारुढ दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएका छन्। संसद भवन नयाँ बानेश्वरमा दिउँसो बसेको प्रमुख प्रतिपक्षी दल एमाले र सत्तारूढ दलबीचको छलफलपछि महाअभियोगका

प्रस्तावक कांग्रेस सांसद मीन विश्वकर्मा र समर्थक माओवादी केन्द्रका टेकबहादुर बस्नेतले महाअभियोग फिर्ताका लागि सभामुखसमक्ष निवेदन दिएका छन्। यसअघि प्रमुख दलहरुबीच शनिबार नै महाअभियोग प्रस्ताव फिर्ता लिने सहमति भएको थियो। तर, आइतबार प्रस्तावक र समर्थकले महाअभियोग फिर्ता नलिएका कारण एमालेले अवरोध गर्ने चेतावनी दिएको थियो। आइतबार साँझ बालुवाटारमा भएको प्रमुख दलहरुको बैठकमा फेरि महाअभियोग फिर्ता लिने सहमति भएको थियो। एमालेले संसदको बैठक सुरु हुनु अघि नै महाअभियोग फिर्ता लिनु पर्ने अडान राखेको थियो। 

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.