गुगलले मनायो नेपालको गणतन्त्र दिवस
Advertisement
You May Like


काठमाडौं : विश्वको सबैभन्दा ठूलो सर्च इन्जिनको रुपमा रहेको गुगलले आफ्नो अग्र भागमा नेपालको झण्डा राखेको छ । नेपालको १० औं गणतन्त्र दिवसको उपलक्षमा गुगलले आफ्नो थीममा नेपालको झण्डा राखेको हो ।  गुगल डटकम र गुगल एनपी डटकममा क्लिक गर्दा गुगल नामको बीचमा नेपालको चन्द्र सुर्य अंकित रातो झण्डा अगाडि देखापर्छ । नेपालको झण्डा रहेको ठाउँमा क्लिक गर्दा नेपालको गणतन्त्र  दिवस सम्बन्धी जानकारी, समाचार, तस्बीर तथा गतिविधि आउँछन् ।
गुगलले कुनै पनि देशको गणतन्त्र दिवस, स्वतन्त्रता दिवस लगायत महत्वपूर्ण राष्ट्रिय दिवसमा उक्त मुलुकको भण्डा तथा चिह्न अग्र पृष्ठमा नै राख्ने गरेको छ ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.