म पदक लिन्न : प्रकाश दाहाल
Advertisement
You May Like
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालले गणतन्त्र दिवसका अवसरमा सरकारले आफूलाई दिएको सुप्रवल जनसेवाश्री पदक नलिने घोषणा गर्नु भएको छ । आफ्नो फेसबुकमा स्टाटस् पोष्ट गर्दै आफू गणतन्त्र ल्याउनका लागि संघर्ष गरेको व्यक्ति भएको तर कुनै पदकका आकांक्षी नभएको उल्लेख गर्नु भएको छ ।
देशका लागि आफूले अझै धेरै गर्न बाँकी रहेकाले उक्त पदक नलिने प्रकाशले बताउनुभएको छ । प्रकाश दहालले पदक पाएको खबर आएपछि सामाजिक सञ्जालमा यसको चर्काे विरोध भएको थियो । माओवादी पार्टीकै नेता कार्यकर्ताहरुले समेत प्रकाश दाहाललाई पदक दिएकोमा आलोचना गरेका थिए।
Advertisement
You May Like
0 comments
Write Down Your Responses