शंकर ज्ञवाली प्रहरी हिरासतमा, कहिले समातिएलान् गोविन्द तिवारी ?(भिडियो सहित)
Advertisement
You May Like


काठमाण्डौ जिल्ला अदालतको ईजलास बाहिर आफ्नै श्रीमती कुट्ने शंकर ज्ञवालीलाई प्रहरीे आफ्नो नियन्त्रणमा लिएको छ । जेठ ८ गते काठमाण्डौ जिल्ला अदालत भित्रै गुल्मीका शंकर ज्ञवालीले न्याय माग्न अदालत पुगेकी आफ्नै श्रीमती देवी ज्ञवालीलाई निर्मम कुटेको सिसि क्यामेराको दृश्य हामीले यस अघिका कार्यक्रमहरुमा देखाई सक्यौं ।
कार्यक्रमको ७० औँ श्रृङखलामा हामीले शंकर ज्ञवाली र उनकी कान्छी श्रीमती भनेर चिनिने रमा पन्थीले देवी ज्ञवाली माथि कुटपिट गरेको देखायौं । त्यसपछिको श्रखलामा हामीले भिडीयोमा स्पष्ट दोषी देखिएका शंकर ज्ञवाली र रमा पन्थीलाई किन कारवाही भएन भनी महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी मनोहर प्रसाद भट्टराईसँग कुरा ग¥यौं तर उनले अदालत भित्रको घटना आँफुहरुले हेर्न नमिल्ने बताए
उनले यस्तो भनेपछि कार्यक्रमको ७२ औँ श्रृङखलामा हामीले काठमाण्डौ जिल्ला अदालतका श्रेष्तेदार धुर्व कुमार उप्रेतीसँग यो घटनाका दोषीलाई कारवाही गर्ने जिम्मा कसको हो भनी सोध्यौँ । उनले यो कुटपीटको कुरा भएकाले प्रहरीले हेर्नुपर्ने बताए ।
यसरी दुई ओटै निकायले एक अर्कालाई दोष लगाउदै शंकर ज्ञवालीलाई बचाउन खोजेपछि हामीले मानव अधिकारकर्मी,महिला अधिकारकर्मीको ध्यान आर्कषण पनि गराएका थियौँ । हामीले लाइभ कार्यक्रममा यस्तो बरबर दृश्य देखाउँदा समेत सम्बन्धीत निकाय मौन बसेको भनेपछि आइतबार प्रहरीले शंकर ज्ञवालीलाई हिरासतमा लिएको सिंहदरवार वृतका डिएसपी मनोहर प्रसाद भट्टराईले बताए ।
प्रहरीलाई बयान दिने क्रममा शंकर ज्ञवालीले टेलिभिजनले उक्त भिजोल एडिट गरेर गतल तरिकाले प्रचार गरेको आरोप लगाएका रहेछन् ।
शंकर ज्ञवालीलाई प्रहरीले हिरासतमा लिएपनि समा पन्थलाई खोज्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
You May Like
,

0 comments

Write Down Your Responses

Powered by Blogger.