ट्राफिक प्रहरीले बानेश्वरमा ठूलै नेतालाई नछाडेपछि…
Advertisement
You May Like
काठमाण्डु, १७ जेठ– ट्रफिक प्रहरीले काठमाण्डु उपत्यकामा जथाभावी बाटो काट्नेविरुद्ध मंगलबारदेखि थालेको अभियानका क्रममा धेरै पक्राउ परे ।
प्रहरीले जेब्रा क्रसिङ र आकाशेपुल बाहेकका स्थानबाट बाटो काट्ने र सडकमा हिंड्नेलाई पक्राय गर्दै २ सय जरिवाना लिँदै छाड्ने गरेको छ । मंगलबार मात्र ३० हजार पक्राउ परे । बुधबार बिहानैदेखि अभियान जारी छ । अभियानकै सिलसिलामा बानेश्वरमा ट्राफिक प्रहरीले जनमोर्चा नेपालका अध्यक्ष साध्यबहादुर भण्डारीलाई पक्राउ गरेर जरिवाना लगाएको छ । बिहान करिब साढे नौ बजेतिर भण्डारी बानेश्वरको कृष्ण सदन अगाडिबाट सडक पार गरेर एभरेष्ट बैंकतर्फ जान खौज्दै थिए । प्रहरीको फन्दामा परिहाले ।
सुरुमा भण्डारीले प्रतिवाद गरे । ‘पूर्वसूचना बिनै यस्तो गर्न पाइन्छ ?’, उनी कड्किए । प्रहरीले सञ्चार माध्यममार्फत र सार्वजनिक स्थानमा सूचना दिएरै अभियान थालिएको जवाफ दिए । प्रहरीले दुई सय मागे । भण्डारीले सयका दुईवटा नोट झिकेर दिए र बाटो लागे । तर, प्रहरीले फेरि रोके । हेलो, हेलो चिट लिएर जान्स् । भण्डारी फर्किए र चिट लिएर एभरेष्ट होलटको अगाडि पट्टिबाट बबरमहलतिर लागे ।
भण्डारीले यतिसम्म चाहिं इमान्दारिता देखाए कि आफू नेता भएको उनले बताएनन् । दलका नेता भनेको भए सायद प्रहरीले उनलाई छाडिदिन्थे होला । तर, उनले आफू नेता भएकाले कारबाही गर्न नमिल्ने बताएनन्, बरु दुई सय बुझाएर बाटो लागे ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses