#अपडेट यी नै हुन् बिमान दुर्घटनामा निधनभएका पाइलट कैलास गुरुङ्ग - पुरा समाचार पढ्नुहोस >> {फोटो सहित}
Advertisement
You May Like
धनगढी : बाजुराको कोल्टी विमानस्थल नजिकै भएको नेपाली सेनाको विमान दुर्घटना पाइलट कैलाश गुरुङको मृत्यु भएको छ।
मंगलबार दिउँसो १२ बजेर २० मिनेटमा नेपाली सेनाको सामान बोकेको विमान कोल्टी विमानस्थल नजिकै अवतरणका क्रममा दुर्घटना भएको हो। दुर्घटनामा एक प्राविधिक र एक महिला पाइलट घाइते छन्।
विमानस्थदेखि केही पर, अवतरण गर्ने क्रममा दुर्घटना भएपछि जहाज पल्टिएको छ । जहाजमा रहेका चालक दलका सदस्य मध्ये क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको विमानस्थल सुरक्षा गार्डका प्रहरी नायव निरीक्षक लोकसिंह भाटले जानकारी दिनुभयो ।
दुर्घटना भएको विमानमा आगो लागेको थियो । स्थानीयवासी र नेपाल प्रहरीले आगो निभाएर घाइतेको उद्धार गरेका छन् । जहाजमा सवार चालक दलका दुई जना घाइतेलाई सीता एयरको विमानबाट नेपालगञ्ज लगिएको कोल्टी विमानस्थल सुरक्षा पोष्टले जनाएको छ ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses