विवाहित प्रेमिकालाई लुकीलुकी भेट्न जाँदा यो हालत....
Advertisement
You May Like

काठमाडौं। विवाहित प्रेमिकालाई लुकीलुकी भेट्न जाने एक युवकलाई गाउँलेहरुले कुटपिट गरेर रुखमा बाँधेका छन् । ती युवकले कुटाइ खाएपछि आफूलाई छाडिदिन निकै हारगुहार गरे पनि गाउँलेहरुले उनको कुरै नसुनी कुटपिट गरेर रुखमा बाँधेका हुन् । घटनाको जानकारी पाएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ ।
भारतको मध्यप्रदेश भोपालको सतना मरौहामा प्रेमिकालाई भेट्न गएका माधौगढ गाउँका युवक प्रेमिकालाई भेट्न गएका थिए । प्रेमिकाका पनि मानसिक रोगी भएकोले प्रेमी कुनै न कुनै बहाना बनाएर प्रेमिकालाई भेट्न गइराख्थे । त्यस दिन पनि उनी बिजुली मर्मत गर्ने बहानामा प्रेमिकाको घर गएका थिए । दिनदिनैजसो प्रेमी आउन थालेपछि गाउँलेलाई शंका लागेको थियो । प्रेमीको निगरानी गरिरहेका गाउँलेले प्रेमी घरमा आउनेबित्तिकै समातेर कुटपिट गरेका थिए ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses