आन्दोलनका लागि तयारी अवस्थामा बस्न कार्यकर्तालाई बादलको निर्देशन
Advertisement
You May Like
धरान, १० असार – माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादलले देशको मुहार फेर्नका लागि राष्ट्रवादी र पहिचानवादीहरुलाई भोट दिएर निर्वाचित गराउनु पर्ने बताएका छन् । स्थानीय निर्वाचनमा राष्ट्रवादी र पहिचानवादी उमेद्वारहरुले निर्वाचन जिते मात्र देशले मुहार फेर्ने उनले बताए ।
असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनको शनिवार धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता बादलले देशमा अझै पनि जातीय मुक्ति आन्दोलन सफल नभएको भन्दै जातीय मुक्ति आन्दोलनका लागि तयार रहन माओवादी कार्यकर्ताहरुलाई निर्देशन दिए । देशमा अझै जातीय विभेद उन्मुलन भैनसकेको भन्दै नेता बादलले पहिचान र राष्ट्रवादीहरुले सरकारको नेतृत्व गर्न नपाउन्जेलसम्म समस्या जिउका तिउ रहने बताए ।
उनले सबै जातजातीले समान हक अधिकार नपाउन्जेलसम्म जातीय मुक्ति आन्दोलन नरोकिने भन्दै जातीय मुक्तिका लागि अझै हजारौले बलिदान दिन आबश्यक रहेको बताएका छन् ।
माओवादी,संघीय समाजवादी, जनमुक्ति, नयाँशक्ति, संघीय लिम्बवान मञ्च लगायतका पार्टीहरुले धरानको भनुचोकमा आयोजना गरेको संयुक्त चुनावी सभामा धरानका २० वटै वडाबाट हजारौको संख्यामा कार्यकर्ताहर उपस्थित भएका थिए ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses