भरतपुरमा मतगणनाको तयारीः च्यातिएका ९० मत खारेज गरेर बाँकी गन्न निर्देशन दिंदै आयोग
Advertisement
You May Like


काठमाडौंः निर्वाचन आयोगले भरतुर महानगरपालिकामा पुनः मतगणनना गराउने तयारी गरेको छ। आयोगको दुई दिनसम्म बसेको बैठकबाट भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको च्यातिएको ९० मत खारेज गरेर पुनः मतगणनाको तयारी गरेको हो।

निर्वाचन आयोगको बैठकमा आयुक्त इला शर्मा भने सहभागी छैनन्। निर्वाचन शिक्षाको कार्यक्रम लिएर बारा पर्साको भ्रमणमा रहेकी शर्मा भने निर्णय प्रक्रियामा सहभागी भएकी छैनन्।

गत १४ गते राति मतगणनाकै क्रममा मतपत्र च्यातिएपछि भरतपुर महानगरपालिकाको मत गणना स्थगित भएको थियो।

मतगणनापछि आयोगले सहन्यायाधिवक्ता गीताप्रसाद तिमल्सिनाको संयोजक्तवमा तीन सदस्यीय समिति गठन गरी छानविनका लागि पठाएको थियो। 

छानविन समितिको प्रतिवेदनले मतपत्र च्यातिएपछि पोको पारेर सिलबन्दी गरेर राखिएको प्रतिवेदन बुझाएपछि आयोगले सबै पक्षलाई राखेर खोल्न र च्यातिएर नोक्सान भएको मतपत्र एकीन गर्न निर्देशन दिएको थियो। 

आयोगको निर्देशन अनुसार बिहीबार सिल खोलेर भरतपुरका प्रमुख निर्वाचन अधिकृतको नेतृत्वमा नोक्सान भएका मतपत्र गणना गरिएको थियो। गणना गर्ना ९० मत नोक्सन भएको थियो। 

नोक्सान भएको संख्या एकीन गरेर आयोगले रिपोर्ट पाएलगत्तै हिजै साँझ बसेको आयोगको बैठक थप कानुन हेर्नुपर्ने भन्दै स्थगित भएको थियो।

आज बसेको बैठकले केहीबेरामा नोक्सान भएका ९० मत खारेज भएको घोषणा गर्दै बाँकी मतगणना गर्न र अब उप्रान्त मतपत्रको सुरक्षा गर्न र दलीय प्रतिनिधिलाई मतपत्र छुन नदिन निर्देशन दिने तयारी आयोगले गरेको छ। 

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.