जाँदाजाँदै नवराज सिलवाललाई बालुवाटार बोलाएर प्रचण्डले भने– आई एम सरी सिलवालजी !
Advertisement
You May Like
काठमाण्डु, १८ जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल प्रहरीका डिआईजी नवराज सिलवाललाई बालुवाटार बोलाएर भेटेका छन् ।
प्रधानमन्त्री पदबाट राजनीनामा दिएपछि प्रचण्डले गत साता सिलवाललाई बोलाएर भेटेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार प्रचण्ड प्रहरी महानिरीक्षकका लागि योग्य र क्षमतावान भए पनि आफूले जिम्मेवारी दिन नसकेको भन्दै सिलवालसँग माफी मागेको शैलीमा प्रस्तुत भएका थिए । प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवाको अनावश्यक दबाबमा परेर पहिला जयबहादुर चन्द र पछि प्रकाश अर्याललाई महानिरीक्षक बनाउनु परेको आफा्नो बाध्यता बुझिदिन सिलवालसमक्ष उनको आग्रह थियो ।
‘प्रहरी महानिरीक्षकका चार दाबेदारमध्ये सबैभन्दा योग्य र क्षमतावान तपाईं नै हो भन्नेमा म अहिले पनि भ्रममा छैन’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर शेरबहादुर देउवाजीले तपाईंको नामै सुन्न चाहानुभएन । म देउवाजीको दबाबमा परेर निर्णय लिन बाध्य भएँ ।’
चन्दलाई महानिरीक्षक नबनाउन अडान लिँदा देउवाले सरकार ढाल्ने चेतावनी दिएपछि आफू पछि हट्न बाध्य भएको उनको भनाइ थियो । फरक प्रसंगमा प्रधानमन्त्रीले सिलवालमाथि लागेको सरकारी कागजात किर्तेको अभियोग गलत रहेको बताए । आफूले कार्यसम्पादन मूल्यांकन प्रतिवेदन प्रहरी मुख्यालयबाट बाहिरिएर कसरी अनाधिकृत व्यक्तिको हातमा पुग्यो भन्नेबारे छानबिन गर्न गृहमन्त्री र प्रहरी नेतृत्वलाई निर्देशन दिएको भए पनि सिलवाललाई पक्राउ गरेर बयान लिन निर्देशन नदिएको जिकिर उनले गरे ।
शिलबन्दी गरिएको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन सिलवालले अदालतमा आफू पहिलो वरियतामा रहेको दाबी प्रमाणित गर्न पेस गरेको भन्दै प्रकाश अर्याल प्रहरी महानिरीक्षक नियुत्त भएपछि सिलवाललाई पक्राउ गरेका थिए । तर, अदालतको बन्दी प्रत्यक्षीकरण आदेशमा सोही दिन सिलवाल रिहा भए ।
सिलवालले वरिष्ठता मिचेर आफूभन्दा कनिष्ठलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेकाले उक्त बढुवा रद्द गर्न र वरिष्ठता तथा कार्यसम्पादनका आधारमा आफूलाई महानिरीक्षक नियुक्त गर्न दाबी गर्दै दायर रिट सर्वोच्च अदालतमा विधाराधीन अवस्थामा छ । बिहीबार रिटको पेसी तोकिए पनि समय अभाव भन्दै हेर्दाहेर्दैमा राखिएको छ । उक्त मुद्दाको सुनुवाई आगामी १ असारका लागि तोकिएको छ ।
Advertisement
You May Like
0 comments
Write Down Your Responses