अपहरणपछि हत्या गरिएका ब्यापारी श्रेष्ठलाई श्रद्धाञ्जलि दिन उर्लियो मानव सागर (तस्बिरसहित)
Advertisement
You May Like


तुलसीपुर, १७ असार । युवतीको प्रयोग गरेर अपहरणपछि हत्या गरिएका दाङको तुलसीपुर उपमहानगरपालिकाका ब्यवसायी राजकुमार श्रेष्ठलाई आज अन्तिम श्रद्धाञ्जलि दिइएको छ ।
तुलसीपुरमा आज आयोजित कार्यक्रममा आफन्त, शुभेच्छुक, विभिन्न दलका नेता, कार्यकता, उच्च अधिकारलगायतले श्रद्धाञ्जलि दिएको जानकारी दिए ।
ब्यापारी श्रेष्ठको आजै शीतलपुरस्थित बबई नदीमा अन्त्येष्टि गरिनेछ ।
ब्यापारी श्रेष्ठलाई युवती प्रयोग गरेर पेशेवर समूहले तीन करोड रुपियाँ फिरौती माग गरेको थियो । तीन दिनसम्म भोकै जंगलमा हिँडाएपछि अपहरणकारी समूहले हत्या गरेर सल्यान जिल्लाको गुफामा फ्याकेको थियो ।
प्रहरीले अपहरणमा संलग्नहरूलाई नियन्त्रणमा लिएर उनीहरूकै बयानका आधारमा खोजतलास गर्दा श्रेष्ठको शव शुक्रबार सल्यानको घना जंगलमा फेला पारेको थियो ।


Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.