आफैंलाई गोली हानेर प्रहरी जवानद्वारा आत्महत्या
Advertisement
You May Like


सिरहा, १७ असार – सिरहाको सदरमुकाम सिरहा नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुरक्षाका लागि खटिएका एक प्रहरी जवानले शनिबार बिहान आफैंले बोकेको राइफल पड्काएर आत्महत्या गरेका छन् ।
जिल्ला समन्वय समितिको कार्यालयसँगै टाँसिएको कर्मचारी मिलन केन्द्रस्थित मुख्य निर्वाचनको अधिकृतको कार्यालयमा रहेको शौचालयमा प्रहरी जवान अन्दाजी ३५ वर्षीय गोबद्र्धन खत्रीले शनिबार बिहान आफैले बोकेको राइफल टाउकोमा पड्काएर आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक विश्वमणि पोखरेलले शौचालयमा गोली पड्किएको आवाज आएपछि अन्य प्रहरी गएर हेर्दा रक्ताम्य अवस्थामा खत्रीको शव मृत्यु भइसकेको अवस्थामा भेटिएको जानकारी दिए ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.