रवि लामिछानेले शेरवहादुर देउवालाई दिए यस्तो सुझाव !
Advertisement
You May Like
काठमाण्डौ ।केही दिनमा देशले नयाँ प्रधानमन्त्री पाउँदै छ । राजनीतिक दाउपेच र खिचातानीले खेल नउल्टाए आजभन्दा २०,२२ बर्ष पहिले नै प्रधानमन्त्री बनिसकेका कांग्रेस सभापति शेरबहादुर देउवा फेरी एक पटक देशको प्रधानमन्त्री बन्ने छन् ।
इतिहासले सफल भन्दा असफल भनेका देउवा २० बर्षमा फेरीए होलान कि झन् उर्जाहिन भए होलान् ? सामान्यत : मानिसको उमेर कम हुँदा जुन उत्साह जोश र जाँगर हुन्छ त्यो उमेर ढल्कैदा जाँदा कम हुँदै जान्छ । तर सबैमा यो लागु नहुन पनि सक्छ । पटक–पटक प्रधानमन्त्री बनिसकेका र जनताले टेस्ट गरिसकेका शेरबहादुर देउवाबाट कतिसम्म आश गर्ने यो देशले ? सामान्य बुझाईमा शायद शेरबहादुर देउवाका लागी यो देश त्यती उत्साहित छैन होला । तर सिंगो जीवन राजनीतिमा बिताएका यी अनुभवी नेतालाई आज केही भन्न चाहान्छु ।
शेर बहादुर देउवा ज्यु इतिहासले तपाईलाई फेरी एउटा सुनौलो मौका दिएको छ । इतिहासमा भएका आलोचनालाई चिर्दै आफ्नो क्षमता प्रर्दशन गर्ने तपाईको जस्तो यस्तो अवसर नपाई, तपाई अघिका धेरै नेताहरु वितिसके ।
लोभ र पापले भरिएका तपाईका आसेपासे, अैरै गैरे र झोलेहरु वरीपरी राखेर फेरी पनि काम गर्ने सोच बनाउनु भो भने यो मुलुक तपाईलाई पाएकोमा अभागी सम्झन बाध्य हुन्छ । तपाई प्रधानमन्त्री भएपछि फलानो–फलानो टेण्डर पाउन सकिन्छ, फलानो फलानो ठाँउमा कर्मचारी भतीर्, सरुवा, बडुवा गराउन पाइन्छ वा फलानो–फलानो फाइल अगाडी बड्छ र कुस्त कुम्ल्याउन पाइन्छ भनेर अस्तीनै देखी ¥याल काडेर धेरै जना बसेका छन् ।
ए बाबा लगभग बुढो भैसक्नु भो त्यस्ता मान्छे चिन्न किन नसक्नु भएको ? सात पुस्ताले सुती–सुती खान पाउने सम्पत्ती भएको एक सम्पन्न परिवारको क्षमतावान र एजुकेटेड मान्छे तपाई १ एउटा सोलीड निर्णय गरिदिनुहोस् र आफ्नो वरपरका स्वार्थीहरुलाई आजीवन बालुवाटार, सिंहदरबार र बुढानिलकण्ठको ढोकाबाट छिर्न नदिने प्रण गर्नुहोस् ।
खुला प्रतिस्पर्दाबाट १०/१५ जना दमदार मानिसहरुको सल्लाहकार टोली बनाउनुहोस् । मरेर जाने चोला हो कुनै विदेशी राजुदतसँग नझुक्नुस् । देशलाई मात्र ध्यान दिनुहोस ,विपी कोइराला जस्ता नेताको पार्टी हो भन्ने नभुल्नुस, मुलुलको काया पलट हुन्छ । यती सोच्न तपाईलाई १ युग लाग्यो होला, अव १ मिनेट पनि न लगाउनुहोस् । शेरवहादुर देउवा ज्यु यसपाली केही गरेर देखाइदिनुहोस् पिलीज ?
Advertisement
You May Like
0 comments
Write Down Your Responses