भरतपुरमा मतपत्र च्यात्नेलाई ‘मार्ने धम्की’, उजुरी लिएर सिडियो कार्यालय पुग्यो माओवादी
Advertisement
You May Like

काठमाडौँ, १९ जेठ । नेकपा माओवादीले भरतपुरमा मतपत्र च्यात्ने कार्यमा संलग्नसहित बिभिन्न नेता कार्यकर्तालाई ज्यान मार्ने धम्की आएको भन्दै सिडियो कार्यालयको शरणमा पुगेको छ ।
माओवादी चितवनका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले शुक्रबार चितवन सिडियो कार्यालयमा उजुरी दिँदै आफुहरुमाथि लगातार ज्यान मार्ने धम्की दिएको आएको दाबी गरेका हुन् । माओवादी केन्द्रका सक्रिय कार्यकर्ताहरु द्रोण शिवाकोटी, प्रकाश कँडेल, बोधराज न्यौपाने, अञ्जनकुमार तिमल्सिना, साजन अधिकारी, सुजन सिंह ठकुरी, उत्तम गुरुंग, दिलीप पौडेल, बसन्त आचार्य समेतका व्यक्तिहरु र जिल्ला तहका नेताहरुलाई ज्यान मार्ने धम्की आएको माओवादीको दाबी छ ।
नेकपा एमालेको युवा संघ र अनेरास्ववियूका जिल्ला तथा केन्द्र तहका नेताहरुबाट ज्यानै जोखिम हुने गरी धम्की आएको भन्दै माओवादीले उनीहरुलाई सिडिओ कार्यालयमै झिकाउन र ज्यानको सुरक्षा दिन माग गरेको छ ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.