विषाक्त खानाले म्याग्दीका २ को मृत्यु, २ को पोखरामा उपचार हुँदै
Advertisement
You May Like



म्याग्दीमा विषाक्त खानाका कारण २ जनाको ज्यान गएको छ भने २ जना गम्भीर बिरामीको पोखरामा उपचार भइरहेको छ। मृत्यु हुनेमा म्याग्दी पात्लेखर्क घर भई मंगला गाउँपालिका वडा नम्बर ५ मा छिस्बाङस्थित माईत गएकी २० वर्षिया चिना पूर्जा र उनको एक वर्षिय छोरा छन्। गम्भीर बिरामी पर्नेमा चिनाका श्रीमान अन्दाजी २३ वर्षिय पबहादुर गुरुङ र फूपू भविकला पूर्जा रहेका छन्। 

उनीहरुको पोखरास्थित कास्की सेवा अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था पनि नाजुक रहेको अस्पतालले जानकारी दिएको छ। शुक्रबार बिहानको खाना खाएपछि उनीहरु बिरामी भएका हुन्। भेण्टा र सिमीको तरकारीसँग ढिँडो र भात खाएका उनीहरु केही समयमै वान्ता गर्दै बेहोस् भएको र स्थानीयले थाहा पाएर म्याग्दीको दरबाङ अस्पताल पुर्‍याएका थिए । त्यहाँ लगेलगत्तै चिकित्सकले बेनी लैजान सुझाएपछि उनीहरु बेनी अस्पताल पुगे। बेनी अस्पतालका चिकित्सकले चिनालाई मृत घोषणा गर्‍यो भने अन्यलाई केही समयको उपचारपछि पोखरा रिफर गरेको बिरामीका आफन्त दिनेश पूर्जाले जानकारी दिए। छोराको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

गण्डकी मेडिकल कलेज लगिएको एक वर्षिय वालकलाई भने अस्पतालले राति नै उपचारको क्रममा मृत घोषणा गरेको आफन्त दिनेशले बताए। बेहोस् रहेका उनीहरुको अवस्था ७२ घण्टासम्म केही भन्न नसकिने उपचारमा संलग्न चिकित्सक डा.सरोज पोखरेलले बताए। घटना भएको छेस्बाङ म्याग्दीको बेनीबाट गाडीमा २ घण्टाको दुरीमा रहेको छ। चिकित्सकले विषादीयुक्त खानाका कारण नै मृत्यु र विरामी भएको बताएका छन् । चिकित्सक डा.सरोज पोखरेलले जानेर होस् वा नजानेर विषादी प्रयोग भएको खाना खाएको र त्यसको असरले ज्यानसमेत गएको बताए । 

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.