घाँसको रुपमा प्रयोग गरिने बकाईनो मानवीय स्वास्थ्यका लागि पनि अचुक
Advertisement
You May Like


काठमाडौँ। बकाइनो मध्ये पहाडी भेकमा पाइने एक प्रकारको रूख हो । यो चाँडै नै बढ्ने पतझर समुहमा पर्दछ । विशेष गरेर बाख्राको लागि घाँसको रुपमा प्रयोग गरिने बकाईनोबाट मानिसले स्वास्थ्य सम्बन्धि फाइदा लिन सकिन्छ भन्दा अचम्म लाग्न सक्छ तर यो यथार्थ हो ।
बकाईनोलाई यसरी प्रयोग गर्न सकिन्छ
१. बकाईनोको दानालाई र रायोको दानमा मिसाएर पिस्ने, यसरी तयारी भएको लेपलाई वाथ रोगीले प्रयोग गर्न सक्छन् । यसबाट बिस्तारै वाथ ठिक हुँदै जान्छ
२. बकाईनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ ।
३. पाकेको बकाईनोको दानाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।
४. बकाईनोको पात पिनेर लेप बनाएर बाँध्नाले छिट्टै घाउ निको हुन्छ ५. १० पात निम, १० पात बकाईनो पिनेर लेदो बनाएर लगाएमा शरीरमा भएको दूबी केही समयमा नै ठीक हुन्छ ।
६. बकाइनोको बोक्रा पकाएर बिहान र बेलुका एक एक चम्चा खाने गरेमा पेटमा जुका परेको छ भने पनि २र४ दिनमै ठीक हुन्छ ।
७. बकाईनोको पातको रस एक चम्चा बिहान र बेलुका खाने गरेमा महिलाको रगत बढी हुने रोग ठीक गर्न मद्दत गर्दछ ।

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.