चार दिनदेखि छट्पटाएकी गर्भवतीको यसरी गर्यो नेपाली सेनाले उद्धार...हेर्नुहोस पूरा भिडियो
Advertisement
You May Like


बाजुरा, असार ११ – चार दिनदेखि सुत्केरी व्यथाले छट्पटाइरहेकी बाजुराको गोत्रीकी गर्भवतीलाई आइतबार बिहान उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज पुर्‍याइएको छ । बाजुरा सदरमुकाम मार्तडीदेखि दुई दिनको पैदल दूरीमा पर्ने साविकको गोत्री गाविस–७ मा विपन्न दलित परिवारकी ४१ वर्षीया फूलटुका ढोली सुत्केरी हुन नसकेर छट्पटाई रहनुभएको थियो । ज्यानै जोखिममा पुगेको खबर पाएपछि जिल्ला स्वास्थ्य कार्यालयको पहलमा आइतवार बिहान सिम्रिक एयरको हेलिकप्टर गाउँमै अवतरण गराएर नेपालगञ्ज पठाइएको जिल्ला कार्यालयका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।
फूलटुकालाई बिहीबार सुत्केरी व्यथा सुरु भएको थियो । एक दिन घरमै पर्खदा सुत्केरी हुन नसकेपछि उहाँका पति जयलाल ढोलीले दोस्रो दिन हुनी स्वास्थ्य चौकी लैजानुभएको थियो ।
‘हाम्रो पहलमा परिवार स्वास्थ्य महाशाखाले चार लाख ५० हजार रुपयाँ आर्थिक सहयोग गर्ने आश्वासन दिएपछि फूलटुकाको उद्धार सम्भव भएको हो’ जिल्ला स्वास्थ्य कार्यालयकी परिवार नियोजन सुपरभाइजर दुर्गा बजगाँईले भन्नुभयो । उनलाई नेपाली सेनाले बोकेर हेलिकप्टरमा चढाएको थियो । फूलटुकाको यो छैटौं गर्भ हो ।




Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.