राजधानीबाटै अपहणमा संलग्न विप्लवका कार्यकर्तासहित चार पक्राउ...
Advertisement
You May Like

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तासहित चार जना अपहरणको अभियोगमा पक्राउ परेका छन् । प्रहरीले राजधानीबाटै अपहरणमा संलग्न भएका उनीहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । अपहरण गरिएका ब्यक्तिलाई भने प्रहरीले सकुशल मुक्त गराएको जनाएको छ ।

प्रहरीले अपहरणमा संलग्न विप्लव माओवादीका कार्यकर्ता बताउने सन्जु देउला महर्जन र अन्जु भारतीलाई प्रदर्शनीमार्गबाट पक्राउ गरेको हो । उनीहरुसँगै शक्ति विश्वकर्मा र मदनकृष्ण महर्जनलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, अपहरित व्यक्ति कविता दाहाललाई पनि प्रहरीले मुक्त गरेको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार रामेछाप, मन्थली नगरपालिका वडा नं. १५ आकाशे स्थायी घर भई हाल नयाँ बसपार्कस्थित तनहुँ स्याङ्जा पर्वत होटलमा बस्दै आएका जडिवुटी व्यवसायी ६१ वर्षीय गोपालबाबु श्रेष्ठ र भक्तपुर, चागुँनारायण न.पा. वडा नं. २ झौखेल घर भएकी  ४२ वर्षीया कविता दाहाललाई सन्जु र अन्जुले असार १० गते अपहरण गरेका थिए ।

कवितालाई काठमाडौंको बागबजारस्थित विप्लव पार्टीको युुवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवकको कार्यालयमा बन्धक बनाई राखेको प्रहरीले छापा मार्ने आशंकामा अन्यत्र स्थानमा भगाइ लैजाने अपहरित ब्यक्तिलाई सकुशल उद्धार गरी अपहरणमा संलग्नलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अपहरणको सूचनापछि प्रहरीले गरेको अनुसन्धानपछि उनीहरुले अपहरित  व्यक्तिलाई स्थान परिवर्तन गर्ने क्रममा प्रर्दशनीमार्गबाट  पक्राउ गरेको हो ।

अपहरणमा  संलग्न चारै जनालाई आवश्यक कानुनी कारवाहीको लागि आइतबार महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको अपराध महाशाखाले जनाएको छ । प्रहरीले अपहरणमा संलग्न अन्य दुइजना रजमान तामाङ र राजेश भन्ने अर्का एक व्यक्ति फरार रहेको जनाएको छ । 

Advertisement
You May Like

0 comments

Write Down Your Responses

Powered by Blogger.